२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

समाचार

अडियो बाहिरिए पछि बागमती प्रदेशका मन्त्री स्वकीय सचिवले विष खाएर उपचारका क्रममा मृत्यु,

अडियो बाहिरिए पछि बागमती प्रदेशका मन्त्री स्वकीय सचिवले विष खाएर उपचारका क्रममा मृत्यु मकवानपुर । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा […]

काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख बढी राजस्व सङ्कलन गरेको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट रु ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए ।सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व […]

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको भएको झडपलाई नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ ।लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको भ्यान जलेको जानकारी दिए । ‘झडप भएपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको छ । घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ जिसीले भने ।स्थिती नियन्त्रणमा लिन रुपन्देहीबाट समेत […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी सहायक हवल्दार सरुवा गरेको छ। सोमबार  एकैचोटि २३८५ जना प्रहरी सहायक हल्दारको सरुवा गरिएको कार्यालयले जनाएको छ। प्रचलित नियमानुसार, सरुवा भएका प्रहरी सहायक हवल्दार आफ्नो नयाँ दरबन्दीअनुसार तलब र भत्ता प्राप्त गर्नेछन्।

मेष :-आज तपाईंलाई नयाँ अवसरहरू प्राप्त हुनेछन्। व्यक्तिगत र पेशागत जीवनमा समन्वय कायम राख्न महत्त्वपूर्ण हुनेछ। साथीहरूको सहयोगले तपाईंको कार्यहरू सजिलै सम्पन्न हुनेछन्। वृष :-आजको दिनमा अरूसँग छलफल गर्दा नयाँ ज्ञान र अवसर प्राप्त हुनेछ। पारिवारिक मामिलामा केही विवाद उत्पन्न हुन सक्छ, यसकारण धैर्य राख्नु महत्त्वपूर्ण छ। मिथुन :-आज तपाईंको दिमाग सक्रिय हुनेछ र नयाँ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका विभिन्न ईकाइमा प्रमुखको रुपमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंको सभा हलमा उपस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी परिसरहरु, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा […]

काठमाडौं । महानगरपालिका २४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेती छन् । काठमाडौं महानगरपालिका–२४ स्थित एक घरमा अवैध रूपमा भन्सार छली तथा निकासी पैठारी गरी ल्याइएको सुन र चाँदीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला […]

बाँके । कोहलपुर प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प उद्‌घाटन गरेका छन् । कुँवरले सोमबार एक कार्यक्रमबीच उक्त नवनिर्मित पेट्रोल पम्प उद्‌घाटन गरेका हुन् । उद्‌घाटनमा कुँवरले भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपणसमेत गरे ।उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको साथै समाजका विभिन्न क्षेत्रमा सहकार्य […]

कास्की । पोखरा पढाइरहेको वेला एक विद्यार्थीले पिसाब फेर्न शौचालय जान्छु भनेपछि गण्डकी एकेडेमीका शिक्षकले निर्घात कुटपिट गरेका छन् । ती शिक्षकले विद्यार्थीलाई शौचालय जानसमेत नदिएर शरीरमा नीलडाम हुने गरी कुटपिट गरेका छन् । पोखरा महानगरपालिका– ६ जहरेवरस्थित गण्डकी एकेडेमीका गणित शिक्षक विपिन कार्कीले ६ कक्षामा अध्ययनरत एक छात्रलाई गत मंगलबार कुटपिट गरेका हुन् ।

काठमाडौं । नेपाल प्रहरीका १२ जना प्रहरी निरीक्षकको काज सरुवा भएको छ ।डीएसपी बढुवा भएपछि रिक्त रहेका कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । उनीहरुलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि काज खटाइएको छ । खटिएको स्थानमा अबिलम्ब हाजिर हुन पनि प्रहरी […]

error: Content is protected !!