काठमाडौं । २४औं सशस्त्र प्रहरी दिवस–२०८१’को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ । विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत […]
काठमाण्डौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबाट जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण गर्नुका साथै यस जिल्लाको वस्तुस्थिती एवं शान्ति सुरक्षाको बारेमा जानकारी लिई यस परिसर तथा मातहत कार्यालयका कार्यालय प्रमुख लगायतको उपस्थितीमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भयो ।
बाँके । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पँगेनीका अनुसार राप्ती नदीमा यसअघि पटक–पटक छाडिएका घडियाल गोहीको पनि गणना कार्य हुँदै आएको छ । ‘गोहीको अवस्थाको जानकारी लिनका लागि गणना सुरु गरेका छौँ’, उनले भने, ‘शनिबार दुई घडियाल गोही र एउटा मगर गोही फेला पार्यौँ, नदीमा गोही रहनसक्ने सम्भावित क्षेत्रमा सर्वेक्षण गरेर उनीहरूको […]
दाङ । भालुवाङ दाङ राप्ती गा.पा १ भालुवाङ स्थित रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कक्षा ११/१२ मा अध्ययनरत बिद्यार्थीहरुलाई, यस कार्यालयमा आमन्त्रण गरी प्रहरीसंगको स्थायी सम्बन्ध स्थापित गर्न ,प्रहरीले दैनिक रुपमा गर्ने सेवा प्रवाहको तौरतरिकाका बारेमा प्रत्यक्ष रुपमा जानकारी गराई विद्यार्थीले भोग्नु परेका वा हुन सक्ने अपराधजन्य कार्यसंग सम्बन्धित विषयहरुमा जानकारी आदान–प्रदान गर्ने उदेश्यले संचालित […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनको सरुवा र बढुवामा मनोमानी कार्यसम्पादन मूल्यांकन भन्दा पनि आफ्नो भेग क्षेत्र र पार्टीको नातोलाई हेरेर मनोमानी गरेका हुन् । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस हुँदा उनले व्यापक चलखेल गरेका छन् । बढुवा सिफारिसमा अब्बल प्रहरी अधिकृतहरुलाई पछि पार्ने र भेगिय क्षेत्रीयताको आधारमा बढुवा सिफारिस भएको […]
काठमाडौं । केन्द्रीय बैङ्कले नियामकीय व्यवस्था उल्लङ्घन गरेको भन्दै तीन बैङ्कलाई कारबाही गरेको हो । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरूमध्ये प्रभुले सबैभन्दा बढी नाफा कमाएको थियो । यद्यपि, सोही अवधिमा प्रभु बैङ्कले राष्ट्र बैङ्कको नियम उल्लङ्घन गरेको भन्दै कारबाहीमा परेको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ […]
मेष :-आजको दिन यात्रा लाभदायक रहन सक्छ। पारिवारिक सुखद क्षणहरू बित्नेछन्। नयाँ अवसर प्राप्त हुने योग छ।चिताएका कार्यहरु पूर्ण हुदाँ मन प्रसन्न रहनेछ। वृष :-आज अनावश्यक खर्च बढ्न सक्छ। निर्णयात्मक कुरामा सोचविचार गरेर मात्र निर्णय लिनुहोला। स्वास्थ्यप्रति ध्यान पुर्याउनुहोला।पारिवारीक साथ भने मिल्नेछ। मिथुन राशि :-आर्थिक लाभको सम्भावना छ। सामाजिक कार्यमा सहभागिताले सम्मान बढ्नेछ। आत्मबल […]
बाँके । सोयाबिन तेल निर्यात दुई महिनामै साढे ५ गुणाले बढेपछि चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा निर्यात वृद्धि उत्साहजनक देखिएको छ । यो आव पहिलो चार महिना (कात्तिक मसान्त) सम्म नेपालबाट ३ अर्ब ४१ करोडको सोयाबिन तेल निर्यात भएको थियो । तर, मंसिर र पुसमा मात्रै निर्यात ५.५५ गुणाले बढेर १८ अर्ब ९१ […]
काठमाडौं । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए। घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ। असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए। सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको […]
काठमाडौं । जिल्ला अदालत काठमाण्डूले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी कसुरमा मुछिएका गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडिआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । जिल्ला अदालत काठमाण्डूले सोमबार जोशीलाई लाई ५० लाख धरौटीमा छाड् आदेश दिएको हो । आइतबार अदलतमा उपस्थित भएका जोशीलाई थुनछेक बहस नसकिएपछि थुनामा राखिएको थियो । जोशी यसअघि […]