काठमाडौं । नयाँ दिल्ली भारत पञ्जाबस्थित मोहालीमा महानगरपालिकाको मेडिकल टोलीले कुखुरा बेच्ने पसलहरूमा छापा मारेर लगभग ६० किलोग्राम बिग्रिसकेको फ्रोजन कुखुराको मासु जफत गरेको छ । छापा मार्ने क्रममा मःम बनाउने एउटा कारखानाको फ्रिजमा कुकुरको टाउको समेत भेटिएको दाबी गरिएको छ । उक्त कारखाना चलाउनेहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई जानकारी गराइएको मोहालीका सहायक खाद्य सुरक्षा […]
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा मंगलबार बसेको प्रहरीको पोलिसि कोओर्डिनेशन कमिटि (पिसिसि) बैठकले प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ । कल्याणकारी सुविधा बढाउन लागि कार्यविधि संशोधन गर्न लागिएको हो । कल्याण कोषबाट प्रहरी कर्मचारीहरूलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने […]
काठमाडौं । प्रहरी संगठनको नेतृत्व सम्हाल्दै उनले मुलुकको कानून व्यवस्था, शान्ति सुरक्षा, र संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा थापालाई नेपाल प्रहरीका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। स्वागत समारोहमा प्रहरी उच्च अधिकारीहरू, विभागीय प्रमुखहरू तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। आईजीपी थापाले पदभार ग्रहणपछि विभिन्न निर्देशनात्मक सुझावहरू दिँदै […]
डडेल्धुरा । परशुराम नगरपालिका –६ कि राधादेवी खड्काको यही चैत १ गते मृत्यु भयो । अपाङ्गता भएका श्रीमान् ७९ वर्षीय खडक सिंहले किरिया गर्न सक्नु भएन । मृतक राधा देवीका छोराहरू छैनन्, कान्छी छोरी रोहिताले आमाले मृत्यु भन्दा अघि आफूहरूलाई किरिया बस्नु भन्नु भएकोले चार दिदी बहिनीमध्ये तीन जना किरियामा बसेको बताउनुभयो । आफूसँगै बाजे […]
काठमाडौं । सोमबारदेखि प्रहरी महानिरीक्षक आईजी वसन्तबहादुर कुँवरसँगै पाँच एआईजी पनि अवकाश गएपछि ६ पद रिक्त भएको हो । कुँवरले अवकाश पाएपनि एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मात्रै सेवामा रहेका थिए । तर, यी तीन जनामध्येबाट पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरको उत्तराधिकारीमा एआईजी दिपक थापालाई आईजीपी नियुक्त गरेको छ । […]
प्रहरीले काठमाडौंबाट २५ करोड नगद ट्रकसहित एक जना पक्राउ काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट उक्त रकमसहित एक जनालाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले २५ करोडसहित एक जनालाई पक्राउ गरिएको थप अनुसन्धान भइरहेको बताए ।
कपिलवस्तु । कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट […]
इजरायलले गाजामा फेरि आक्रमण गर्यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]
नेपाल प्रहरीका नवनियुक्त आईजीपी दिपक थापालाई गृह सचिव गोकर्णमणिले दर्ज्यानी चिन्ह प्रदान काठमाडौं । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो । थापा प्रहरीको ३१ औँ आईजीपी बन्न सफल भएका छन् । उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप […]
बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ओसारपसारकर्ता धमाधम पक्राउ गर्यो। महिना यति धेरै आगुऔषधसँग सम्बन्धित व्यक्ति पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ । ३४ जना पुरुष र पाँचजना महिला थुनुवा राख्न सक्ने क्षमता भएको हिरासतमा लागु औषधसम्बन्धीका मात्रै ३४ जना छन्। अहिले हिरासतमा ७० जना पुरुष […]