२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

समाचार

प्रधानमन्त्री प्रचण्ड ज्योतिषीले निकालेको शुभ साइतमा बेलुकी बालुवाटारमा सरे

ABC (क्राईमबिट) काठमाडौं । बुधवार बेलुकी उनी बालुवाटार सरेका हुन् । प्रधानमन्त्री प्रचण्ड ज्योतिषीले निकालेको शुभ साइतमा पूजापाठ गरेर बालुवाटार प्रवेश गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री पुत्री गंगा दाहाललाई हस्तान्तरण गरेकी छिन् । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाको घरमा […]

(ABC-Sanchar) बाँके । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ स्थित एक सामुदायिक वनभित्र स्थानीय बासिन्दाहरु पाटेबाघको आक्रमणबाट जोगिन सफल भएका छन् । राप्ती सोनारी ५ स्थित सिद्देश्वरी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका बेला बुधबार दिउँसो स्थानीय बासिन्दाले बाघलाई फेला पारेका हुन् । पाटेबाघलाई देखेपछि करिव १२/१५ जनाको संख्यामा पुगेका स्थानीय बासिन्दाले हो-हल्ला गरेका थिए […]

(ABC-Sanchar) काठमाडौँ । प्रतिकूल मौसमका कारण बुधबार सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण यो विमानस्थलमा बुधबार कुनै पनि उडानहरू हुन सकेनन् । बाक्लो हुस्सुका कारण तराईका विमानस्थलमा हरेक दिनजसो उडान प्रभावित भएको छ । जसले हजारौँ यात्रुले समस्या भोग्नु परेको छ । मङ्गलवार भैरहवा, नेपालगञ्ज […]

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् । पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।

ABC (क्राईमबिट) दाङ । दंगीशरण गाउँपालिका ५ मिरौली निवासी ज्ञानबहादुर चौधरीको खाताबाट दुई लाख रुपैँया चोरी भएको छ । तुलसीपुरमा रहेको एनआईसी एशिया बैंकबाट मंगलबार बिहान एनआईसी एशिया बैंकको कर्मचारी भन्दै टेलिफोन गरेर खाता र पासवर्ड नम्बर मागेको आधा घन्टाभित्र ०६५४१५११०४८७९००१ नम्बरको खाताबाट २ लाख २० रुपैयाँ चोरी भएको हो । बैंकको कर्मचारी बताउने व्यक्तिले […]

  ABC (क्राईमबिट) पर्सा । भारतबाट नेपाल तर्फ विभिन्न किसिमका समान अबैध तरिकाले ल्याएको र तस्करहरुको ग्रुप सक्रिय रहेको सूचना पाउने बितिकै एसपी कोमल शाहले आफै फिल्डमा खटीने गरेका छन्। एसपी शाहले जिल्ला मातहत रहेको बिर्ता इन्सपेकटर बिशाल मल्ललाई समेत तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन गरेका छ्न । एसपी शाह कै निर्देशनमा प्रहरी टोलीले […]

(ABC-Sanchar) काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थीत प्रधानमन्त्री निवास छाडेका छन् । उनले बुधबार बिहान बालुवाटारस्थित रहेको प्रधानमन्त्री निवास छाडेका हुन् । बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकोले देउवा धुम्वाराही स्थीत भाडाको घरमा सरेका छन् । २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री नियुक्त […]

ABC (क्राईमबिट) काठमाडौं । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट बयानब्बे जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन्। सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाले ज्यान गुमाएका तथा धेरैलाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। विषाक्त […]

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री भएपछि गृह मन्त्रालयमा बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो। सचिव सिंहका […]

ABC (क्राईमबिट) काठमाडौं । भ्रष्ट आचरणका प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले निगरानी बढाएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गोप्य टोलीहरु पठाएर निगरानी गर्न थालेको स्रोत बताउँछ । प्रहरी प्रधान कार्यालयकै टोलीले गत आइतबार बुटवलका डिएसपी ठगबहादुर केसीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध उजुरी परेपछि महानिरीक्षक सिंहले सिआइबीबाट गोप्य टोली पठाएर उनलाई पक्राउ गराएका हुन् […]