३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

समाचार

११ थान नक्कली नोटसहित पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।उक्त स्थानमा नक्कली (जालीनोट) कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो । साथै उनीहरुका साथबाट एक […]

बोलिभियाकी एक युवतीलाई नेपाल ल्याएर बन्धक बनाएको आरोपमा ग्वाटेमालाका एक वृद्ध पुरुष पक्राउ परेका छन्।

निर्वाचन आयोगले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले सरकारी गाडी प्रयोग गरेको विषयमा खानेपानीमन्त्री एवं प्रतिनिधि सभा सदस्यका बारा क्षेत्र नं १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ (क) बमोजिम नेपाल सरकारका मन्त्रीले चुनावी प्रचारप्रसार गर्दा […]

५० लाख रुपैयाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्जको पथलैया औद्योगिक करिडोरअन्तर्गत मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.मा उत्पादित खाने सम्बन्धित ठाउँमा नपु¥याई बाटोबाटै चोरी गरेर अन्यत्रै बिक्री गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजनिक गरेको हो । उद्योगले वीरगञ्जको अञ्जनी क्यारियर्समार्फत सिन्धुलीका […]

कास्कीमा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छन् । शनिबार बिहान साढे ८ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ खैमराङमा घाँस काट्दै गरेकी महिला बन्दुकको छर्रा लागेर घाइते भएकी थिइन् । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले साँझ एक जनालाई बन्दुकसहित पक्राउ गरेको कास्की प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए । […]

काठमाडौं । नाबालिगमाथि बलात्कार आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो । यससँगै अदालतले उनलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए […]

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारका लागि सजाइएको फूलमाला हटाएको छ । आइतबार बिहान महानगर प्रहरीले न्यूरोड क्षेत्रको सुन पसल, मिठाइ पसलमा सजावटको लागि बनाएको गेटसहित सजावट सामग्री हटाएको हो ।महानगरले फुटपाथलाई असर गर्ने गरी बनाइएका संरचना हटाउँदै आएको छ । व्यापारीले फुटपाथ नै ढाक्ने गरी फूलमालाले सजाएपछि त्यसलाई पनि महानगरले हटाएको हो ।महानगर प्रहरी प्रमुख […]

बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ’, उनले भने । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र […]

चुनावको मुखमा नेपाल प्रहरीको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकारीको जागिर लम्ब्याउन नियमावली संशोधन गर्न लागिएको छ ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा एआइजीको अनिवार्य अवकाशको उमेर ५६ बाट ५८ वर्ष बनाउने प्रस्ताव लगेका हुन् । नेपाल प्रहरीका एआइजीद्वय अरुण बिसी र रवीन्द्रबहादुर धानकुले यही […]

ABC (क्राईमबिट) काठमाडौं । महाराजगञ्‍ज माननीय गृह मन्त्री बालकृष्ण खाणज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आईतबार आयोजित विशेष समारोह बीच प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औं (PGDPS 12th) समूहको तालिमको दीक्षान्त समारोह सम्पन्‍न भएको छ । समारोहमा प्रमुख अतिथि मानीय गृहमन्त्रीज्यूले तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गरी दीक्षित प्रहरी अधिकृतहरुलाई निर्देशन […]