२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

गुल्मीमा चट्याङ लागेर २ जना घाइते

  गुल्मी । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरुको उपचार गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी परेको चट्याङबाट उनीहरुको गोठमा रहेको एउटा बाख्रो […]

  सर्लाही । सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण सर्लाहीले उपलब्ध गराएको जानकारी अनुसार, मलंगवा नगरपालिका वडा नम्वर ४ गणेशिया चौर इटाभट्टा (चिम्नी) नजिक दुई कोठे जस्ताले छाएको कच्ची टहरामा शंका लाग्दा बुधवार राति ७.४० बजेको समयमा खानतलासी गर्दा लाखौं मूल्य बराबरको पटाका बरादम गर्न सफल भएका हुन् । विशेष सूचनाको आधारमा छापा मार्दा […]

  काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बुधबार रुपन्देहीमा भाषण गरे। उनले गरेको भाषणले अहिले प्रहरीमा खैलाबैला भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उद्घाटन कार्यक्रममा उनले सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एक डीआईजी छिट्टै फस्ने बताएका थिए। उनले भाषणमै डीआईजी फस्न लागेको बताएपछि यो विषय अझ धेरै चर्चामा […]

  काठमाडौं । पहिले सेनामा प्रवेश गरेर तालिमरत अधिकृत क्याडेटले अब सहायक सेनानी बराबरकै तलब पाउने गरी वृद्धि गरेको २४ भदौदेखि अवकाशमा हुन लागेका प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो अन्तिम सम्बोधनमा बताएका छन् । आफ्नो तीन वर्षे कार्यकालबारे संक्षिप्त सम्बोधन गर्ने क्रममा उनले सैनिक सेवामा आबद्ध भएपश्चात् पनि व्यक्तिगत खर्चका लागि अभिभावकहरूसँग भर पर्नुपर्ने स्थिति […]

  बाँके । बिहीबार दाङबाट नेपालगन्जतर्फ आइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस नेपालगन्ज–कोहलपुर सडकखण्डको गनापुरस्थित नमस्ते कटेजको अगाडि एउटा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको प्रहरीेले जनाएको छ । नेपालगन्ज पुग्न लागेको बस अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु भएको र २७ जना घाइते भएको बाँके प्रहरीले जनाएको छ । घाइतेहरुलाई नेपालगन्जस्थित भेरी अस्पताल […]

  भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट भन्सार छलेर लोड गरी पोखरातर्फ लैजान लागिएको २ सय १० बोरा चिनीसहित ट्रक भैरहवा भन्सार कार्यालयले बिहीबार बिहान नियन्त्रणमा लिएको छ । भैरहवा । लुम्बिनी सडक खण्डमा पर्ने बेथरी नजिकै सडकबाट लु २ ख २८३६ नम्बरको ट्रक र चालकसहित अवैध रुपले भारतबाट भित्र्याइएको उक्त चिनी भन्सार टोलीले नियन्त्रणमा लिएको […]

  काठमाडौं । भारतका समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनमा १६ जनाको मृत्यु भइसकेको छ। बाढीका कारण गुजरातका धेरै क्षेत्रमा मानिस अलपत्र परेका छन्। राजमार्गमा सवारीसाधनको लामो लाइन देखिएको छ। मुसलधारे वर्षाले सौराष्ट्रका जताततै विशेषगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ। भारी वर्षाका कारण नदीमा […]

  काठमाडौं । गृहमन्त्रीस्तरको भदौ १२ गतेको निर्णय अनुसार ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकको सरुवा भएको हो । सशस्त्र प्रहरी मुख्‍यालयका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं-५ विन्ध्यवासिनी बाहिनी मुख्‍यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागमा ल्याइएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.६ महेश्वरी बाहिनी मुख्‍यालय सुर्खेतमा कार्यरत डीआईजी […]

पर्सा स्थित केहि महिना पहिले बिरगंज यातायात व्यवस्था कार्यालयमा बढेको बेथिति सार्वजानिक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयलाई सूक्ष्म निगरानीमा राखेको थियो। सवारी चालक अनुमति प्रमाणपत्र बनाइदिएबापत,’मोटो आर्थिक चलखेल’ हुने गरेको सञ्चार माध्यमहरूमा समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारले बिरगंज यातायातमा सूक्ष्म निगरानी गरेर हरेक सवारी चालक अनुमति प्रमाणपत्रको प्रक्रियामा रेखदेख बढाएको थियो र लिखित […]

  पोखरा । समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ । मुक्तिनाथ मन्दिर नजिकै रु तीन करोड ६० लाख ५२ हजार ८८ लागतमा भवन निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालयले पाँच रोपनी […]

error: Content is protected !!