(ABC-Sanchar) बाँके । जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउन लागिएको हो। विगतका वर्षहरूमा भने खुमलटारमा मनाइँदै आएको थियो। धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले वि.स २०६१ सालदेखि असार १५ गते धान दिवस मनाउँदै आइएको छ। जलवायु परिवर्तनको कारण धान […]
(ABC-Sanchar) दाङ । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। करेन्ट लागेर तीन महिला घाइते भएका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन पोख्रेलले जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको घटनास्थलमै मृत्यु भएको बताए। घटनास्थल पुगेका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक ऋषि पाठकले करेन्ट […]
ABC (क्राईमबिट) पर्सा । बिहीबार दिउँसो जगरनाथपुर गाउँपालिका-५ मसिहानीबाट स्रोत नखुलेको ५ लाख ५० हजार रूपैयाँसहित भारत विहार वेतीया ग्राम इनर्वा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसादलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले म.प्र.०३-०२६ प ५५९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई १ हजार दरको ५ सय थान र […]
(ABC-Sanchar) काठमाडौं । नयाँ दिल्ली बलिउड अभिनेता राजपाल यादव चेक बाउन्स मामिलामा फसेका छन् । अभिनेता यादवलाई २९ मेमा दिल्लीको कडकडडूमा अदालतले २९ जुनभित्र १४ करोड भारु जम्मा गर्न आदेश दिएको थियो । यो आदेश पालना नभएमा राजपाल जेल जान सक्नेछन् । राजपालले यस विषयमा अहिले कुनै प्रतिक्रिया दिएका छैनन् । राजपालले सन् २०१० मा […]
(सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, शिक्षा विकास समन्वय इकाइ दाङ र पद्मोदय पव्लिक नमुना माध्यामिक बिद्यालय घोराही दाङको संयुक्त आयोजना तथा बिभिन्न संघ संस्थाहरुको सहकार्य एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीज्यूको अध्यक्षता, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माज्यूको प्रमुख आतिथ्यता, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनज्यू, यस […]
(ABC-Sanchar) काठमाडौँ । चर्चित गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ । दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी दिए। एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका थिए । विमानभित्र होहल्ला गर्नुका […]
(ABC-Sanchar) काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा भारतका पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणीलाई बुधबार राति दिल्लीको एम्स अस्पताल भर्ना गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार ९६ वर्षीय आडवाणीलाई एम्सको निजी वार्डमा भर्ना गरिएको हो। अस्पतालको युरोलोजी विभागका डाक्टरहरूले उनको उपचार गरिरहेका छन्। आडवाणीलाई के कारणले भर्ना गरिएको हो भन्ने विषयमा अहिलेसम्म कुनै […]
(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासंघको असार २२ गतेका लागि तय भएको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । सार्वजनिक कार्यतालिका अनुसार मतदाता अन्तिम नामावली प्रकाशन असार १४ गते शुक्रबार अपरान्ह ४ बजेका लागि सरेको हाे । यसअघि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बुधबार अपरान्ह ४ बजेका लागि तय भएको थियो । संशोधित कार्यतालिका अनुसार […]
(ABC-Sanchar) काठमाडौं । अहिले बजारमा स्वदेशीका साथै विदेशी विशेषतः भारतबाट आयात भएका आँप बेच्न राखिएको देखिन्छ । बजारमा अहिले दसहरी, मालदह, बम्बइ, कृष्णभोग आँप बिक्रीमा राखिएका छन् । यी मध्ये पनि सबैभन्दा धेरै माग मालदहको नै रहेको छ । कोया पनि सानो हुने र यसको आकार पनि ठुलो हुने भएकाले उपभोक्ताको रोजाइमा मालदह नै पर्ने […]
(ABC-Sanchar) पर्सा । वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेंगुका बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहका अनुसार, वीरगञ्ज महानगरपालिका–९, रानीघाटमाप बसोबास गर्दै आएकी एक महिलामा काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको हो। डा. साहले भने, “कालाजार देखिएको बिरामीको टेकुमा उपचार भइसकेको छ। […]