घोराहीको दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा, प्रियासनद्वारा रिबन काटेर उद्घाटन घोराही,। दाङको घोराही उपमहानगरपालिका–१४ स्थित दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा आएको छ। सरोज केसी र अजिता गिरीद्वारा सञ्चालित उक्त कलेक्सनको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रियासनले […]
घोराहीमा सुजुकी स्कुटी तथा बाइकको नयाँ शोरुम सञ्चालनमा घोराही,। दाङको घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्प नजिकै सुजुकी स्कुटी तथा बाइकको नयाँ शोरुम सञ्चालनमा आएको छ। सफल युवा व्यवसायी रेशम केसीले सञ्चालनमा ल्याउनुभएको उक्त शोरुमको मंगलबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो। केसीकी आमा, ससुरा, दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष ध्रुवकुमार गहतराज तथा […]
दाङ । घोराही लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। दुर्घटनामा परी प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी ६ वर्षीय राजन अधिकारीको मृत्यु भएको हो। आइतबार साँझ रा.१ ख २५११ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बालक अधिकारीको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
सशस्त्र प्रहरी IGP पौडेलद्वारा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई विजया दशमीको अवसरमा शुभकामना व्यक्त काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक श्री नारायण दत्त पौडेल* ज्यूले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई विजया दशमी, शुभ-दिपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा बडादसैँको शुभकामना व्यक्त गर्नुभएको हो। उक्त कार्यक्रममा उहाँले चाडपर्वको समयमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निम्न विषयमा […]
*लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी दाङका प्रमुख तथा विद्यालय संरक्षकबाट विद्यालय निरीक्षण दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख तथा यस विद्यालयका संरक्षक श्रीमान् प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूले आज यस विद्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ। निरीक्षण भ्रमणका क्रममा आदरणीय संरक्षकज्यूले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे विस्तृत जानकारी लिनुभयो। साथै वहाँले शिक्षक […]
विवादित अडियोबारे यस्तो भन्छन् सांसद खगेन्द्र सुनार *काठमाडौं । बागमती प्रदेशकी पूर्वराज्यमन्त्री समेत रहेकी एक महिलालाई ब्ल्याकमेल गरेको, अश्लील भिडियो बनाएको र पैसा माग्दै ज्यान मार्ने धम्की दिएको भनिएको ४ वटा अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन्। सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको अडियोमा सुनारले महिलालाई ‘फेसबुक सक्रिय […]
काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]
त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]
बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]
एजेन्सी । आक्रमणकारीहरूले एक दर्जनभन्दा बढी घरमा आगो लगाएका छन्। शुक्रबार रातिदेखि हिंसा सुरु भएको थियो। त्यसअघि एक कुकी महिलाको गोली हानी हत्या गरिएको घटना भएको थियो। शुक्रबार राति कामजोङ जिल्लाको चसाद गाउँमा हतियारधारी समूह र सुरक्षाकर्मीबीच गोली हानाहान भएको थियो। उक्त घटनामा ४२ वर्षीया कुकी महिला डोमखोनी टौथाङको मृत्यु भएको थियो। प्रहरीका एक स्थानीय […]