चितवन । राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो । सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार राजमार्गको गलौँदी, बांगे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो । जसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । […]
धादिङ । पृथ्वी राजमार्गमा अलपत्र परेका यात्रुहरूका लागि गजुरीका युवाहरूले निःशुल्क भोजनको व्यवस्था गरेका छन् । आज बिहान गजुरी बिगमार्टको प्राङ्गणमा आयोजित भोजनमा २६० जनाभन्दा बढी यात्रु सहभागी भएका छन् । राजमार्ग आज पनि सहज रूपमा खुल्ने सम्भावना नदेखिएपछि बेलुकाका लागि समेत भोजनको व्यवस्था गरिएको छ । विपद्को समयमा यात्रुहरूको साथमा उभिएको गजुरीका युवाहरूको यो […]
दाङ । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको अप्रत्याशित तथा भीषण बाढीपछि उद्धार, राहत र सूचना सम्प्रेषणमा विशेष सावधानी अपनाउन नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आग्रह गरेको छ । महासङ्घ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माले विज्ञप्ति जारी गर्दै विपद्का बेला मिथ्या, भ्रमपूर्ण सूचना तथा बीभत्स दृश्य र भिडियोको प्रवाह, प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम, […]
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार १० भदौमा ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। यससँगै थप बाढी […]
चितवन । लगातारको बाढीका कारण नारायणी नदीमा विभिन्न ठाउँबाट बगेर आएका ग्यासका सिलिन्डरहरू नदी किनारमा भेटिने गरेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गर्दै । नदीमा पौडी खेलेर सिलिन्डर नसमात्न ज्यानको जोखिम धेरै भएको हुँदा भेटिएका सिलिन्डरहरू आफैँ नलैजानुहोस् भेटिएको सिलिन्डर नजिकको प्रहरी चौकी वा सिधै C.D.O. कार्यालयमा बुझाउन प्रशासनले संकलित सिलिन्डरहरूलाई सम्बन्धित ग्यास […]
चितवन । लास (शव) बाट सुनका गहना चोर्ने व्यक्ति पक्राउ परेका छन् । बुधबार भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको लासबाट सुनका गहना चोर्ने २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् । […]
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेकाले जोखिम अझै कायम रहेको बताएको छ । बिहीबार भोटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाका अनुसार चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार बाढी […]
चितवन । शवबाट सुन लुटिएको तथा बाढीले बगाएका ग्यास सिलिन्डर खोसाखोस गरिएका दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई ‘नोटिस’मा राखेको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार अहिले प्रहरीको मुख्य प्राथमिकता घाइतेको उद्धार तथा उपचार, मृतकको शव पहिचान र बेपत्ताको खोजीमा केन्द्रित छ। प्राथमिक उद्धारका काम सकिएपछि गैरकानुनी गतिविधिमा […]
चितवन । बाढीले घर बगाएको छ, मान्छे बेपत्ता छन्, बालबच्चा भोकै छन्। र त्यही त्रासदीको बीचमा केही मानिस लासबाट,भग्नावशेषबाट सुन-गहना टिप्दै छन्। यो पीडा होइन? यो लज्जा होइन? विपद् भनेको एकताको बेला हो। एकले अर्काको हात समाउने, अन्न बाँड्ने, आँसु पुछ्ने बेला हो। तर केहीको लागि यो लुट्ने र कमाउने अवसर बनिदियो। मानवता मरिसकेपछि पुल […]
चितवन । नारायणी नदी किनार लगातारको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर समात्न स्थानीयहरू नारायणी नदी किनारमा पौडी खेल्दै गरेको दृश्य देखिएको छ। माथिल्लो क्षेत्रबाट आएको बाढीसँगै बगेर आएका ग्यास सिलिन्डरहरू नदी किनारका विभिन्न ठाउँमा अड्किएका छन्। महँगो ग्यास भएकाले स्थानीयहरू जोखिम मोलेरै भए पनि नदीमा पौडी खेलेर सिलिन्डर समात्ने प्रयास गरिरहेका छन्। “बजारमा ग्यास पाइँदैन, […]