२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा

(एबिसि संचार ) नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट–९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो । होटलमा बिक्रीका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारबाही स्वरुप होटललाई रु पाँच हजार जरिवाना गरिएको गैँडाकोट नगरका आर्थिक विकास […]

(एबिसि संचार ) हुण्‍डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी)ले बिहीबार दुई जनालाई स्रोत नखुलेको ३० लाख नगदसहित पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। काठमाडौंको अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाईं र सुनसरी घर भई बौद्ध नयाँ बस्ती बस्ने ३० वर्षीय विश्वास राई पक्राउ परेका हुन्। प्रसाईंको […]

(एबिसि संचार ) चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख सुन हैयान नेपाल आएकी छन्। तीन दिने नेपाल भ्रमणका लागि उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन्। हैयानलाई स्वागत गर्न नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साह अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। माओवादीको निमन्त्रणामा हैयान नेपाल आएको उपाध्यक्ष भुसालले सेतोपाटीलाई जानकारी दिइन्। हैयानले काठमाडौंमा रहँदा उच्चस्तरीय […]

(एबिसि संचार )                                                                लागु औषधको मुद्दामा पक्राउ परेका थुनुवासहित भागेका प्रहरी जवान पक्राउ परेका छन् । नेपाल प्रहरीका तत्कालीन जवान वीरवल यादवलाई प्रहरीले १६ […]

(एबिसि संचार ) बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका-३ धोबिघाटबाट पक्राउ गरेको हो।बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष देवकुमार […]

(एबिसि संचार )                                                                पोखरा महानगरपालिका–७ राष्ट्र बैङ्क चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटेल सञ्चालिका बागलुङ तमानखोला गाउँपालिका–१ घर भएकी ४५ वर्षीय समिता […]

(एबिसि संचार ) धनकुटामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साँगुरीगढी गाउँपालिका-८ का ४४ वर्षीय अनके लोहोरूङ राई पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले बिहिबार दिउँसो पक्राउ गरेको हो। उनीविरूद्ध बालिकालाई सोही गाउँपालिका-८ टप्पु डाँडास्थित गोठमा मंगलबार बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ […]

(उपेन्द्र प्रताप  सिंह )                                                              बाँकेस्थित सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । काठ चिरानको […]

(एबिसि संचार ) बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति  पक्राउ परेका छन्। सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँ पक्राउ परेका हुन्। एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न बिहिबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ। खाँविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी […]

(एबिसि संचार )                                                              बर्दियामा नाबालिगमाथि जबरजस्ती करणीको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहे गर्छु भन्दै नाबालिगमाथि […]

error: Content is protected !!