(एबिसि संचार ) मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन्। साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनले भने, ‘साहले गएको मंसिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल […]
(एबिसि संचार ) श्रीलंकाका विदेश मन्त्री नेपाल भ्रमणमा आउने भएका छन्। विदेश मन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउन लागेका हुन्। उनी यही डिसेम्बर २० तारेखमा नेपाल आएर डिसेम्बर २२ मा फर्कने तालिका रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेश मन्त्री साब्री नेपाल आउन लागेका हुन्।
(एबिसि संचार ) जितपुरसिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष तारा कार्की घुस रकमसहित सोमबार पक्राउ परेका छन् । कार्कीले एक स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले पक्राउ गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा प्रमुख उमाकान्त आचार्यले जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष घुस […]
(एबिसि संचार ) सोमबार दिउँसो कारगिलमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ४८ मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको अधिकारीहरूले पुष्टि गरेका छन् […]
(एबिसि संचार ) लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ४२ वर्षीय डिबी भन्ने दीलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका केन्द्रीय […]
(एबिसि संचार ) दुई जिल्लाका सिडिओसहित चार उपसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले दुई उपसचिवलाई म्याग्दी र बैतडीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको हो । गृह मन्त्रालयमा कार्यरत उपसचिव भिमकान्त शर्मालाई बैतडी र उपसचिव लक्ष्मण ढकाललाई म्याग्दी सरुवा गरिएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपसचिव सुवास पौडेललाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी […]
(एबिसि संचार ) बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो । बाजुराको कोल्टी […]
(एबिसि संचार ) प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ किलो ३२ ग्राम गाँजा बरामद गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले भन्सार कार्यालयको कार्गो कम्प्लेक्सबाट लागुऔषध गाँजा ५५ किलो ३२ ग्राम बुधबार बरामद गरिएको विज्ञप्तिमार्फत जनाएको छ । कतार एयरवेजबाट अमेरिका हुँदै नेपाल आएका २४ वटा कार्टुनहरु शंकास्पद देखिएपछि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको […]
(एबिसि संचार ) भारतको उत्तर प्रदेशबाट जयपुर आउँदै गरेको बसमा एक युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । यस घटनामा एक अभियुक्त पक्राउ परेका […]
(एबिसि संचार ) प्रहरीले सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट तीन जनालाई सालकको खपडासहित पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। गत शुक्रबार पेप्सीकोलामा सालकको खपडा बेच्न केही व्यक्तिहरू हिँडिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा […]