०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा शनिबारदेखि साढे ८ घन्टासम्म बिजुली कात्ने

(ABC-Sanchar) काठमाडौं । टेकु तथा के–थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकारणले सूचनामार्फत जानकारी दिएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन एक सय ३२ केभीमा चार्ज गर्नेगरी काम गरिहेको छ । रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल […]

(ABC-Sanchar) पर्वत । मोदी गाउँपालिका ७ राम्जा देउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो ।चितुवा मृत फेला स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार […]

(ABC-Sanchar) भैरहवा । नेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ । एयरलाइन्सले २९ जेठदेखि हरेक मङ्गलवार काठमाडौँ क्वालालम्पुर, भैरहवा काठमाडौँ रुटमा उडान भरिरहेको छ । १२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्लीका लागि पनि यात्रु लिएर आउने गरी टिकट बुकिङ खोलेको थियो । जसअनुसार हरेक […]

(ABC-Sanchar) काठमाडौं । चलनचल्तीमा एउटा कथन निकै प्रख्यात छ, ‘एउटै म्यानमा दुईवटा तरबार अट्दैन’। तर नेपालको राजनीतिमा यो कथनको ठिक विपरीत विप्लव नेतृत्वको नेकपा यात्रारत छ। अमेरिकन सहयोग परियोजना(एमसीसी) बुधबारदेखि कार्यान्वयन भइसकेको छ। सरकारले एमसीसी परियोजना लागू हुने क्षेत्रमा स्थानीयको जग्गा अधिग्रहण गर्ने बारे प्रक्रिया थालिसकेको छ। व्यापक विरोधका बाबजुद सदनबाट पारित भए कार्यान्वयन भएको […]

(ABC-Sanchar) महोत्तरी । आज करिब १०ः३० बजेदेखि ११ बजेसम्म परेको भारी वर्षाका कारण जलेश्वरभर पानी पानी भएको छ भने वर्षाका कारण जलेश्वरको सबै सडक पनि डुबेको छ। तीव्र गति र ठूलो ठूलो थोपासहित परेको पानीले यहाँका जिल्ला अदालत, जिल्ला प्रहरी, कारागार, जिल्ला प्रशासन, मालपोत र जलेश्वर नगरपालिकाको कार्यालयमा जाने सम्पूर्ण बाटो डुबानमा परेका छन् भने […]

(उपेन्द्र प्रताप सिंह ) बाँके । सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा परी दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । यस्तै अन्य एक जना स्थानीय पनि घाइते भएका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट गएराति ९.३० बजे नं. ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले छिटो प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवाको तयारी थालेसँगै मालदार ठाँउ हत्याउनका लागि शक्ति केन्द्रमा दौडधुप शुरु भएको छ । नेपाल प्रहरीमा इमान्दार र संस्थागत कार्य गर्नेको भन्दा पैसा उठाउन र बुझाउन सक्नेले मात्रै इन्चार्ज पाउदै आएको गुनासो प्रह‌री अधिकत‌ले गर्ने गरेका छन् । […]

(ABC-Sanchar) भोजपुर । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १:११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिइन्छ। […]

(ABC-Sanchar) झापा । चीनसँगको उत्तरी सीमानाका तातोपानी नाकामा आजदेखि स्थानीयको आवतजावतका लागि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रमुख जिल्ला […]

ABC (क्राईमबिट) बझाङ । जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत छन् । मंगलबार जंगलबाट ल्याएको च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरेको थियो। डडेल्धुरा पुर्‍याउन नपाउदै उनको बाटोमै मृत्यु […]

error: Content is protected !!