ABC (क्राईमबिट) काठमाडौँ । जहाजमा चुरोट तानेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले जहाजमा चुरोट तानेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको हो । बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौँ आएको कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा झापाका २८ वर्षीय सुवास पुरीले चुरोट तानेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । एयरलाइन्सले […]
(ABC-Sanchar) चितवन । तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ । यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ…, बचाउ…’ उक्त आवाज सुन्ने बित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन् । बग्दै गरेको मान्छेले डोरी समातेपछि तानेर उसलाई डुब्नबाट बचाएर […]
(ABC-Sanchar) काठमाडौँ । देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोङ्गबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् । यसअघि […]
(राजन थारु) धनगढी । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी उद्धवसिंह भाट कारवाहीमा परेका छन् । साढे तीन महिना अघि दरबन्दीमा टीकापुर सरुवा भई आएका भाटलाई प्रहरी प्रधान कार्यालयले विशेष सुरक्षा गण नवलपरासी काज सरुवा गरेको छ । उनको स्थानमा उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरबाट डिएसपी तुल्सीराम अर्यालको काज सरुवा भएको छ । दरबन्दीमा […]
ABC (क्राईमबिट) काठमाडौं । पश्चिम नवलपरासीका एसपी बिनोद सिलवाल चार महिनामै तानिए । कमजोर कमाण्डको आरोपमा उनलाई छोटो समयमै हटाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । सिलवाल एसपी भएपनि डिएसपी भोजराज पाण्डेयले नै जिल्ला चलाउँदै आएका थिए । विभिन्न ठाउँमा नाका राख्नेदेखि हटाउनेसम्मका काम उनीबाट हुँदै आएको थियो । प्रदेशका डिआइजी उमेशराज जोशीलाई समेत हातमा […]
ABC (क्राईमबिट) काठमाडौं । बारा देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । आफ्नै १४ दिनको छोराको यही जेठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो । […]
(ABC-Sanchar) बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रूपमा सञ्चालन हुने गरी भोलि (बिहीबार) औपचारिक उद्घाटन हुन लागेको हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी […]
(बिदुर एमसी) दाङ । भालुवाङ्ग राप्ती गाउँ पालिकाले आफ्नो क्षेत्रका ९३ जना किसानहरुलाई दुधबोक्ने स्टिलका केन ( डल्लु ) वितरण गरेको छ । कूल रकमको ७५% अनुदानमा ती डल्लूहरु वितरण गरिएको पालिका अध्यक्ष प्रकाश बिष्टले बताए । प्लास्टिकका भाँडाकुँडामा दुध राख्दा सफा गर्न नमिल्ने भएको कारण त्यसबाट मानव स्वास्थ्यलाई खराब गर्ने हुनाले त्यस समस्याबाट केही […]
ABC (क्राईमबिट) काठमाडौँ । पूर्व सांसद रेशम चौधरीलाई माला लगाएर स्वागत गरेको भिडिओ खिच्ने पत्रकारलाई कार्यालयमा बोलाएर डीएसपी उद्धवसिंह भाटले धम्की दिएका छन् । जेठ १५ मा राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि गृह जिल्ला कैलाली पुगेका चौधरीलाई दौडिँदै गएर डीएसपी भाटले स्वागत गरेको भिडिओ भाइरल भएको थियो । टीकापुरमा २०७२ मा एसएसपीसहित ७ प्रहरी र केही […]
(ABC-Sanchar) दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो । उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । नेकपा एमालेका नेतासमेत रहेका चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ […]