०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाचार

दाङमा २२ गतेसम्म थप लकडाउन बुधबारदेखि सार्वजनिक यातायात संचालन

(सागर थापा) दाङ । आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिती डिसिसीएमसी को बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सार्बजनिक यातायात सन्चालन गर्ने निर्णय गरेको हो । यस्तै बैठकले जिल्लामा एक हप्ता लकडाउन थप्दै असार २२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएपछि भोलीदेखि लागू हुने गरि निजी र सार्वजनिक दुवै […]

(महेन्द्र सिंह) बाँके । करिव दुई महिनापछि आजदेखि बाँकेमा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् । भाइरस संक्रमण घट्दै गएपनि जोखिम कायमै रहेकाले तत्कालकालागि मंगलवारदेखि ‘जोर–विजोर’ नम्वर प्रणालीबाट यातायातका साधानहरु चल्न दिने स्थानीय प्रशासनले निर्णय गरेको थियो । त्यहीअनुसार मंगलवारदेखि बाँकेमा विजोर नम्वरका सवारीसाधन चलेका छन् । दिनअनुसार, जोर विजोर नम्वरका सवारीसाधन चल्ने छन् । […]

(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका बजारमा बेवारिसे अवस्थामा बसोबास गर्दै आइरहेका २ जना बालकहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको सिफारिसमा मानव कल्याण समाज दाङ सेवा घरमा उद्घार गरि ल्याइएको छ । अन्दाजी १२ वर्षको बाबुले आफ्नो नाम कमल थापा र अन्दाजी १० वर्षको बाबुले आफ्नो नाम दिनेश नेपाली बताएका छन । मानव कल्याण समाज दाङले […]

(ABC-Sanchar) काठमाडौं । उपत्यकामा जोरविजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार आजदेखि काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन हुन थालेको हो । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य […]

ABC (क्राईमबिट) वीरगञ्ज । मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक महिलाको मृत्यु भएको छ । सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका वडा नम्बर ६ महुली बजार बस्ने ३५ वर्षीय जहादा खातुनको सोमवार मृत्यु भएको हो । करेन्ट लागी गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि विराटनगरको नर्सिङहोम अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको […]

(ABC-Sanchar) काठमाडौँ । विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको हो । कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आवागमनलाई व्यवस्थित गर्न यस्तो आदेश जारी गरिएको […]

ABC (क्राईमबिट) काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक […]

(सागर थापा) पोखरा । नेपाल सरकार गृह-मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७८।०३।०७ गतेको निर्णायानुसार संघीय प्रहरी इकाई कार्यालय पोखरामा सरुवा भई आउनु भएका बरिष्ठ प्रहरी उपरीक्षक कृष्णहरि शर्माको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सप्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यालयका प्र.ना.उ.रबिन्द्रमान गुरुङले स्वागत एवं कार्यालयको संक्षिप्त कार्यविवरणको जानकारी प्रस्तुतिकरण गराउनु भएको थियो । सोही अवसरमा वरिष्ठ […]

(ABC-Sanchar) बाँके । हालै सरुवा भएर दाङ जानुभएका ततकालन बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग र रुपन्देही सारिएका ओम राना बांकेको नरैनापुरमा अग्नी पिडितलाई ततकाल राहत बितरण गर्दै साथमा लनैनापुरका अध्यक्ष इस्तियाक अहमद शाह लगायतको टिम । बांके नेपालगञ्ज भ्रष्ट प्रहरी र प्रशासन प्रमुखहरुका लागि कमाउ जिल्लाका निम्ति पहिचान बनाउदै आएकोमा बिगत लामो समय […]

(ABC-Sanchar) काठमाडौँ । उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको हो । कोरोना भाइरस जोखिम कायमै रहेको भन्दै काठमाडौँ उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय सोमबार गरेका थिए। […]