०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

समाचार

धनगढीमा महिला पत्रकार रमा चन्दलाई रिपोर्टिङको क्रममा दुव्र्यवहार गर्ने मनीष श्रेष्ठ पक्राउ,

कैलाली । धनगढीबाट सञ्चालित ‘नयाँ सन्देश’ अनलाइनकी प्रधाानसम्पादक रमा चन्दलाई दुव्र्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुव्र्यवहार भएको थियो । आफूमाथि भएको दुव्र्यवहारविरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् । पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक […]

काठमाडौँ । उपत्यकाका प्रहरी प्रमुख एआइजी ईश्वर कार्कीले सम्पन्न भएको एनपीएल खेल र नेकपा एमालेको महाधिवेशन कार्यक्रमलाई सभ्य र मर्यादित बनाउन सुरक्षा योजना लिएर फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। एआईजी कार्कीले नेपाल प्रहरीले बनाएको सुरक्षा योजना अनुसार फिल्ममा खटेर आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले निर्वाह गरेको भन्दै एसएसपीदेखि जवानसम्मका कर्मचारीलाई धन्यवाद दिएका छन्।

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

बाँके । पुष महिनाको पहिलो दिनदेखिनै हुस्सुले छपक्कै ढाकेको छ । बिहान सबेरैदेखि लागेको हुस्सु दिनभरि पनि नखुल्दा चिसो बढेको छ । हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर निस्किएका छैनन् । विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!