काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]
कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]
काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]
दाङ । तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ स्थित ट्रायल सेन्टरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले तीन पाङ्ग्रे सवारी साधन सम्बन्धी प्रयोगात्मक परिक्षामा सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रयोगात्म परिक्षा हुनु भन्दा अगाडी परिक्षामा ध्यान दिनु पर्ने कुराहरु,अपनाउनु पर्ने बिधी र प्रकृयाहरुका बारेमा जानकारी दिनुका साथै उक्त सवारी साधनहरुबाट हुन सक्ने […]
एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको उल्लेख गर्दै २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जनाएको छ। एजेन्सीका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने उद्धार कार्य अझै जारी रहेको छ। बिएनपिबीको तथ्याङ्क अनुसार करिब एक […]
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैं तारोमा पर्ने गरेको बताएका छन् । उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गरे । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आज उदघाटन गर्दै कार्कीले सो गुनासो गरेका हुन् । विगतका राजनीतिक आन्दोलनमा जस्तै यस वर्ष पनि प्रहरीलाई […]
भैरहवा । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१३ काटागाउँ स्थित जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको आयोजना नेपाल प्रहरी कर्मचारी तथा निजको आश्रित परिवारको स्वास्थ्य सेवामा सहुलियत सुबिधाको सम्झौता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रदीप बहादुर क्षेत्री तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भैरहवा रुपन्देहीको तर्फबाट सोही अस्पतालका प्रमुख चिफ फाईनान्स अफिसर […]
दाङ । राजपुर गाउँपालिका वडा नं.७ स्थित शिवशक्ती माध्यमिक विद्यालय भौवा नाकामा बुधबारदेखि संचालन भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियोे । राजपुर गाउँपालिकाको आयोजनामा र सोही नाकामा रहेको शिवशक्ती माध्यमिक विद्यालयको व्यवस्थापनको समन्वयमा संचालन भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय मटेरियाले उत्कृष्ट प्रदर्शन गर्दै समग्र रुपमा विजेताको रनिङ […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई जेलबाट छुटाउन प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको जानकारी दिँदै उनी फागुन २१ को निर्वाचनअघि नै छुट्ने आशा व्यक्त गरेका छन्। शनिबार बेलुका दाङको तुलसीपुरमा आयोजित नगर भेलालाई सम्बोधन गर्दै विघटित प्रतिनिधिसभा सदस्य वाग्लेले आगामी निर्वाचनमा लामिछाने आफूहरूसँगै चुनावी प्रचारमा हिँड्ने बताए। ‘रवि लामिछानेलाई […]
काठमाडौं । मौसम पूर्वानमानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको छ । शनिबार बिहान ८ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस कायम भएको थियो। आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।