ABC (क्राईमबिट) काठमाडौं । नेपालमा पछिल्लो चार वर्ष अर्थात ४८ महिनामा २६ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । यो तथ्यांकले दैनिक औसतमा १७ जनाभन्दा धेरैले आत्महत्या गरेको देखाउँछ । पछिल्ला केही वर्षमा भने यो संख्या दैनिक १९ सम्म पनि पुगेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकले अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७ हजार १४१ जनाले […]
ABC (क्राईमबिट) दाङ । भालुवाङ सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानकाे झिमरूक गाउँपालिका-८, टिमुरेचाैरका रामबहादुर सुनारका छाेरा अन्दाजी बर्ष १३ का बिबेक सुनार बिहीबार बेलुका ४ बजेको समयमा ससत्र व्यारेकको ठिक दक्षिण तर्फ राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । शुक्रबार मध्यान्ह करिव १२ बजेको […]
(रोशन कुमार निधि) पर्सा । वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएका रू.७,९६,३६०।– बराबरका विभिन्न किसिमका लत्ताकपडा, खाद्यान्न तथा केशर रहेको थियाे आवश्यक कारवाहीको लागि मिति २०७८।१२।२३ गते वीरगञ्ज भन्सार कार्यालयमा पर्सा प्रहरीले बुझाइएको छ।
ABC (क्राईमबिट) बाँके । कोहलपुरमा हनुमान जयन्तीको अवसरमा निकालिएको धार्मिक ¥यालीमा ईलाका प्रहरी कार्यालय कोहलपुरले हस्तक्षेप गरेको छ । कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीको आदेशमा हनुमान जयन्तीको ¥यालीमा हस्तक्षेप भएपछि केहीबेर कोहलपुर तनावग्रस्त बनेको थियो । प्रहरीले ¥यालीमा हस्तक्षेप गरेर मोटरसाइकल नियन्त्रणमा लिन थालेपछि सहभागीले प्रतिवाद गरेपछि अवस्था केहीबेर तनावग्रस्त भएको थियो […]
ABC (क्राईमबिट) मोरङ । एउटै परीक्षाकेन्द्रबाट ५२ सहित ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्लाकाे ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसइइको परीक्षा दिने ५२ जना र झोराहाट, केराबारी र हरैचाबाट गरी ११६ जना सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा […]
(रोशन कुमार निधि) बारा । जितपुर सिमरा वडा नम्बर ७ जीतपुरको केराढोका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारको तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञको आयोजना गरिएको छ । महायज्ञको पहिलो दिन हजारौंको संख्यामा यज्ञ स्थलबाट सुरू गरिएको शोभायात्रा सहिँत कलश यात्राले नगर परिक्रमा गर्दै वडा नं.५ स्थित दुधौरो खोलाबाट जल भरेर पुनः यज्ञ […]
(रोशन कुमार निधि) पर्सा । बिरगंज बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू वीरगञ्जबाट कलैया र बिराटनगरतर्फ लैजादै गरेको सूचना प्राप्त भई पर्सा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१२।२२ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट ना ३ च ३१५० र वडा नं. […]
(सागर थापा) दाङ । घोराही लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी तथा नेपाल पुलिस स्कुल घोराही दाङ विद्यालयका संरक्षक उमेश राज जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख विद्यालय व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रेवती ढकालबाट विद्यालयको निरीक्षण तथा विद्यालयका विभागिय प्रमुखहरुसँग […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा स्विप अपरेसन चलाएर ७७ जनालाई पक्राउ गरेको छ । बसपार्क क्षेत्रमा अवैध गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरञ्जनदत्त भट्टले बताए । बुधवार राति प्रहरीले सो क्षेत्रमा ठगी र यौन धन्दा चलाउनेहरू विरुद्ध स्विप अपरेसन सञ्चालन गरेको थियो । टोखा नगरपालिका स्थित […]
ABC (क्राईमबिट) बर्दिया । अवैध लागुऔषध सहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याख्खा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी उनिहरुलाई पक्राउ गरेको हो । यसैगरि, बर्दियाको बढैयाताल गाउँपालिका–२ […]