ABC (क्राईमबिट) काठमाडौं । तारकेश्वर नगरपालिका-६ पुशल बस्ने ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका(३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा मंसिर २२ गते डिल्ली पुतुवारको शंकास्पद अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा नरेन्द्रको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय […]
ABC (क्राईमबिट) काठमाडौं । अध्यादेशमार्फत ‘मुलुकी अपराध कार्यविधि संहिता, २०७४’ संशोधन गर्ने सरकारको कदमप्रति पूर्वप्रहरी प्रमुखहरूले आपत्ति जनाएका छन् । सरकारले अध्यादेश संशोधन प्रक्रिया अघि बढाएसँगै मंगलबार सम्पन्न ‘नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्च’को बैठकले लोकतान्त्रिक प्रणालीको मर्म प्रतिकूल हुनेगरि अध्यादेश संशोधन गर्न खोजेको भन्दै अध्यादेश फिर्ता लिन अपिलसमेत गरेको छ । सरकारले लोकतान्त्रिक प्रणालीको […]
(ABC-Sanchar) काठमाडौं । आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाश कुमार श्रेष्ठलाई प्रदान गरिएको छ। पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास दुङालुका लागि यो पुरस्कार दिइएको हो। दुई लाख रुपैयाँ नगद र सम्मानपत्रसहितको यो पुरस्कार आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार […]
(धर्मेन्द्र कुमार कुर्मी) कपिलवस्तुको विजयनगर गाउँपालिकाले हुलाकि राजमार्ग अन्तर्गतका घर÷टहरा तथा निर्माण गरेका अन्य संरचना हटाउन सूचना जारी गरेको छ। हुलाकि राजमार्ज अन्तर्गत दत्तपुर- तुरुन्तपुर सडक खण्ड स्तरउन्नति गर्न अवरोध पुराएको भन्दै घर/टहरा हटाउन सूचना जारी गरेको छ। गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत शोभाराम रिजालले आज एक सुचना जारी गर्दै १५ दिन भित्र सडकको स्विकृत डि […]
नेपाली सेनाको सैनिक सचिव विभागले १ सय ३३ जना प्रमुख सेनानी, सेनानी र सहसेनानीहरुको सरुवा नियुक्ती गरेको छ । उनीहरुलाई शुक्रबारदेखि लागूहुनेगरि सरुवा नियुक्ती गरिएको सैनिक मुख्यालयले जनाएको छ । जंगी अड्डाले अधिकृत सरुवा तथा काज नियुक्ति निर्देशिका, २०७७ अनुसार उनीहरुको सरुवा नियुक्ती गरिएको जनाएको छ । यस्तै युनिटहरुमा न्यूनतम हुनैपर्ने संख्यालाई प्राथमिकतामा राखी सरुवा […]
धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीको आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर हत्या गरिएको अवस्थामा मङ्सिर २६ गते सोमबार बिहान घरमै फेला परेका थिए […]
विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई रु तीन लाख जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । मङ्सिर २३ गते सिजिआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिवाना गर्न सिफारिस गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको संयोजकत्वमा सरोकारवालासहित […]
पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा एक महिला पक्राउ परेकी छिन्। ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा पर्वतको मोदी घर भएका टीका श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोलबाट पक्राउ परेकी हुन्। पोखराका विभिन्न स्थानका वृद्ध–वृद्धाले लगाएका सुनका गहना तथा घरमा राखिएका सुन उनले चोरी गरेको प्रहरीले जनाएको छ। […]
प्रहरीले नेपालबाट अवैध रूपमा भारततर्फ निकासी हुँदै गरेको ढाकाको झोला र पोतेसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार राति झापाको मेचीनगर नगरपालिका–५ बाट भारततर्फ लाँदै गरेको अवस्थामा अन्दाजी दुई लाख ५० हजार मूल्य बराबरको झोला र पोते बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार अवैध रूपमा निकासी गर्दै गरेको अवस्थामा […]
खुरसेद हजाम /नवलपरासी / १ पुस पश्चिम नवलपरासीको प्रतापपुरमा “चौधरी गुप्र द्वारा संचालित सि जि पोलिटेक्निक शाखा कार्यालयमा आजबाट कक्षा शुभारम्भ “ भएको छ । हाल सिजी पोलिटेक्निक शाखा कार्यालय प्रतापपुर मा इलेक्ट्रिकल तर्फ ७२ जना र मेकानिकल तर्फ ५२ जना विद्यार्थी भर्ना भएका छन् । कक्षा विहान ७ बजे बाट सॉझ ६ बजे सम्म चल्ने […]