०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

मौसम

३ दिनसम्म भीषण वर्षाको सम्भावना सतर्कता रहन आग्रह : मौसम पूर्वानुमान महाशाखा

(ABC-Sanchar) काठमाडौँ । मनसुनी वायुको प्रभाव रहेकाले आगामी तीन दिन देशका विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम बदली रही प्रदेश १ र बागमती प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही […]

(ABC-Sanchar) काठमाडौं । जेठ १३ गते बिहीबारदेखि १५ गते शनिबारसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र यास नामक शक्तिशाली चक्रवात समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र उक्त चक्रवात उत्तर पश्चिम सर्ने क्रममा रहेको र सोको असर मौसममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण […]

(ABC-Sanchar) काठमाडौं । उपत्यका लगायत देशका केहि भागमा अहिले पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागमा मेघ गर्जन र चट्टयांङ सहित वर्षा गराउने बादल विकसित भई केहि स्थानहरुमा वर्षा भइरहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान   दिउसो : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू(भागमा आंशिक देखि […]

(ABC-Sanchar) काठमाडौं । मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट भएका छन् भने आन्तरिकतर्फ सात उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रियतर्फ दमामबाट आइरहेको हिमालय एयरलाइन्सको जहाज बनारस […]

(ABC-Sanchar) काठमाडौं । राजधानीमा ठूलो हुरीबतास चलेसँगै राजधानीमा बिद्युत अवरुद्ध बनेको छ । नेपाल विद्युत प्राधिकरणले हुरीबताससँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको छ । हावाहुरीले कतिपय स्थानमा विद्युत पोल ढल्नुका साथै कतिपय स्थानको विद्युत भने सम्भावित क्षति नहोस् भनेर बन्द गरिएको बताइएको छ । राजधानीमा बिहीबार राति ९ करिब बजेदेखि हावाहुरी चल्न थालेको […]

(राकेश श्रेष्ठ) चितवन । वायु प्रदूषणको प्रतिकूल मौसमका कारण आज चितवनको हवाइ उडान प्रभावित भएको छ। वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन्। भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिए। प्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ […]

(ABC CSANCHAR) काठमाडौं। वायु प्रदुषणका काण सोमबार तीनवटा गन्तव्यको आन्तरिक उडान प्रभावित भएको छ । पोखरा, भरतपुर र तुम्लिङटार तर्फको उडान सोमबार बन्द भएको हो । बुद्ध, यती, श्री, सौर्य लगायत अन्य वायुसेवा कम्पनीले उडान भर्ने ती ठाउँमा सोमबार बिहानैदेखि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय उडानमा भने हालसम्म मौसम प्रतिकुलताको […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्जमा हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले कोहलपुरको वायु पनि प्रदुषण भएको हो । प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको जल तथा […]

(ABC SANCHAR) काठमाडौं । केहीबेरअघि काठमाडौ लगायत देश का विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्पको केन्द्र विन्दु र क्षमतबारे थप कुरा खुल्न बाँकी छ। यस्तै प्रदेश-१ का विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडलगायत प्रमुख सहरहरूमा आएको बताइएको छ ।

j ABC – SANCHAR काठमाडौँ । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नुपरेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भए । आज पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठिनाइ भएको विमानस्थलले जनाएको […]