खोटाङ । काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा शव बोकेको हेलिकोप्टर दुर्घटनामा परेको छ। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा मानवीय क्षती नभएको जानकारी दिइन्। गाउँपालिका अध्यक्ष समिर राईका अनुसार हेलिकोप्टर बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो। ४ […]
दाङ । गढवा गाउँपालिका–५ बाँकीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। साँझ करिब ७:३० बजे भएको दुर्घटनामा रा ६ प १७६९ नम्बरको मोटरसाइकल चालक सोही स्थानका अन्दाजी ४२ वर्षीय भानु रिजालको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिएका छन्। स्थानीयका अनुसार रा १ त […]
कर्णाली । गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनका मृत भेटिएकी १६ वर्षीय इनिशा विकको शव अझै उठेको छैन । स्वतन्त्र र निष्पक्ष छानबिन, घटनामा संलग्नलाई कडा कारबाहीसहित न्यायको माग राख्दै घटना भएको १० दिन बितिसक्दा पनि उनको परिवारले शव उठाउन मानेको छैन । इनिशाको शव सुर्खेतस्थित प्रदेश अस्पतालमै छ । इनिशाको बलात्कारपछि हत्या […]
काठमाडौं । झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच सरकार गठनका विषयमा निरन्तर छलफल भइरहेको छ। अबको एक हप्ताभित्र बालेन नेतृत्वमा सरकार गठनको तयारी भइरहँदा मन्त्री चयनका विषयमा भने दुई नेताबीच कुरा मिल्न सकेको छैन। बालेनले सरकार गठनमा आफूलाई सहज […]
काठमाडौं । नेपाल प्रहरीले नागार्जुन नगरपालिका-८ भिमढुंगाबाट २८ वर्षीय सागर गिरी र सोही उमेरका प्रमोदप्रसाद धिताललाई नगदसहित नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट करिब १ करोड १६ लाख रुपैयाँ नगद बरामद गरिएको छ। प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका फरक-फरक व्यक्तिको नाममा रहेका तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएका २७ लाख ३० हजार रुपैयाँ बराबरका तीन […]
बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर चन्दको सक्रियतासँगै जिल्लामा तस्करी नियन्त्रणमा कडाइ गरिएको छ। सीमावर्ती क्षेत्रमा निगरानी बढाइँदै नियमित गस्ती र चेकजाँचलाई तीव्र बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।यसै क्रममा चैत १ गते नं. ३० गण मुख्यालय बागेश्वरी बाँके तथा मातहत इकाइबाट खटिएको सशस्त्र […]
बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]
काठमाडौं । शुक्रवार साँझ तुइन खोला माथिबाट ढुङ्गा खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक अहिले एकतर्फी सञ्चालनमा आइसकेको छ । यद्यपि माथिबाट ढुङ्गा झरिरहेको हुँदा सावधानी अपनाएर यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ ।
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उनका बुवा मोहनप्रसादको शुक्रबार बिहान निधन भएको हो। पशुपति आर्यघाटमा पूर्वप्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य पनि उपस्थित थिइन्। पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना दिन तथा उनका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जलि दिन एमाले र नेकपाका नेताहरूसहित अन्य दलका […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । उनको आजै पशुपति […]