१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

मुख्य समाचार

लागूऔषधसहित एक महिला काठमाडौं नागढुङ्गाबाट पक्राउ,

लागूऔषधसहित एक महिला काठमाडौं नागढुङ्गाबाट पक्राउ, काठमाडौं । लागूऔषध ओसार-पसारमा संलग्न एक महिलालाई मुख्य नाका नागढुङ्गाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ घर भएकी ३० वर्षीया सबिना अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गा चेक प्वाइन्टमा नियमित जाँचको क्रममा लागूऔषधसहित उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीले लुकाई-छिपाई ल्याइएको […]

दाङ । तुल्सीपुर जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठ ज्यूले इलाका प्रहरी कार्यालय, तुलसीपुर दाङको अनुगमन गर्नुभई प्रतिनिधि सभा सदस्य निर्वाचन -२०८२ लाई सफलता पूर्वक सम्पन्न गर्नु भएकोमा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिँदै अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागु औषध नियन्त्रण, लगायतका समसामयिक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको ।

काठमाडौं । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको आरोपमा बिहीबार प्रहरीले झापाका ४५ वर्षिय रवि चुडाललाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अनुसन्धान कार्यालय एसएसपी सन्तोष खड्काले जानकारी दिए। प्रहरीका अनुसार उनीमाथि यसअघि नै महिला पत्रकारलाई गालीगलौज गरेको आरोपमा पक्राउ पूर्जी जारी भइसकेको थियो।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीलाई आज औपचारिक कार्यक्रममार्फत बिदाई गरिएको हो। उनीहरुलाई ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिदै छ । नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० जना […]

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको गम्भीरता लाई मध्यनजर गर्दै बुधबार सीआईबी सँग सहयोग मागेको थियो। सोही अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा सीआईबीको विज्ञ टोली शुक्रबार सम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोञ्जुङ बुढाथापा ले जानकारी दिए। उनका अनुसार जिल्लास्तर बाट पहिलो चरणको अनुसन्धान पूरा भइसकेको छ। “घटनाको गम्भीरता लाई ध्यानमा […]

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बलात्कारको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको बताउनुभयो । “अहिले […]

काठमाडौं । मध्यपूर्वको तनावले नेपालमा पनि खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ । कतिपय ग्यास बिक्री डिपो बन्द छन् । सीमित खुलेका डिपोहरुमा उपभोक्ताहरुको लामो लाइन देखिन्छ । आज बिहान यस्तै लामो लाइन बालाजु उद्योगिक क्षेत्रमा देखियो । बिहानैदेखि उपभोक्ताहरु रित्ता सिलिण्डर बोकेर लाइनमा बसेका छन् । कतिपय ग्यास भरिएको सिलिण्डर किनेर फर्किएका छन् […]

दाङ । प्रत्यक्ष तर्फ दाङका तीन वटै निर्वाचन क्षेत्र ‘क्लिन स्वीप’ गरेको राश्वपाले जिल्लामा समानुपातिक तर्फपनि सबै भन्दा बढी मत प्राप्त गरेको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा समानुपातिकतर्फ दुई लाख ४३ हजार ७९ मत गणना भएको थियो । त्यसमध्ये रास्वपाले एक लाख ३१ हजार एक मत प्राप्त गरेको […]

काठमाडौं । बीबीसीको डकुमेन्ट्री र कार्की आयोगको प्रतिबेदनमा केतिपय समानता देखिएको छ। बीबीसीको डकुमेन्ट्रीमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पिटर १’ नामक कल साइन प्रयोग गरी प्रदर्शनकारी माथि घातक बल प्रयोग गर्न आदेश दिएको उल्लेख छ। कार्की आयोगको प्रतिबेदनमा पनि प्रहरीले अमानवीय बल प्रयोग गरेको उल्लेख छ । नेता बचाएर प्रहरीलाई दोष दिने भन्ने आरोप […]

दाङ । घोराही उपमहानगरपालिका-१४ स्थित न्यू मनकामना गेष्ट हाउसमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेहरूमा रोल्पा त्रिवेणी गाउँपालिका-२ नुवागाउँ घर भई हाल घोराही-१४ सरस्वती टोल बस्ने ३१ वर्षीय हिरामणी घर्ती, रोल्पा माडी गाउँपालिका-७ मिसिडाँडा घर भई हाल घोराही-१५ रतनपुर […]

error: Content is protected !!