१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

मुख्य समाचार

सोनुको जिबन रक्षाका लागी परिवारको अपिल

राम बहादुर बिश्वकर्मा प्युठान / एक मृगौला पिडित बालकको जीवन रक्षाका लागी उनका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् । झिम्रुक गाउँपालिका १ बिडाडा स्थाई घर भइ हाल प्युठान नगरपालिका ९ मजुवामा बसोबास गर्दै आएका १५ वर्षीय सोनु सुनारको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ । एक्कासी किडुनीमा समस्या आई चिच्याएपछि अस्पतालमा […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु भौतिक पूर्वाधारको अभाव र असुरक्षाका कारण देखाउँदै कपिलवस्तुका केही छोटी भन्सार कार्यालय वर्षौंदेखि सञ्चालनमा आउन सकेका छैन । माओवादीको द्वन्द्वको समयमा विस्थापित ५ वटा छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा राजस्व असुलीमा कठिनाई हुँदै आएको छ । छोटी भन्सारको नाकामा राजस्व असुल्ने शून्य छ भने चोरी तस्करी व्यापक हुँदै आएको छ I […]

सलिम अन्सारी,प्युठान सरुमारानी गाउपालिका वडा नम्बर ४ को कार्यालयले डिजिटल सूचना बोर्ड स्थापना गरेको छ । गाउपालिका भित्रका सूचना तथा जानकारीहरु प्रवाह गर्ने उद्देश्यले १ लाख रुपैयाँको लगानीमा वडा कार्यालयले डिजिटल सूचना बोर्ड सञ्चालन गरेको हो । वडाकार्यालयका अनुसार सूचना बोर्डमा गाउपालिका तथा वडा बाट प्रवाह हुने सेवा सुविधा,विभिन्न निर्णय,बिकास योजनाहरुको बजेट बिनियोजन, कार्यालयको बडापत्र, […]

सलिम अन्सारी,प्युठान ९० नाघेका बृद्ध । सेतै फुलेको दाह्रीजुगाँ । कपाल र दाँत पनि खसी सकेका छन् । सरुमारानी गाउपालिका-२ का गेहेन्द्र बहादुर जिसि उमेरले थलिएका छन। उनी आफै हिड्दुल गर्न सक्दैन्न त्यसैले ओच्यानमै पल्टेर उनको दैनिकी बित्छ । यसअघि भत्ता बुझ्न लठ्ठीको सहारामा हिडेरै तत्कालिन गाविस कार्यालयमा पुग्नुपर्थयो उनलाई । हिडेरै हैरान हुन्थे,मुस्किलले आफ्नो […]

सागर रिजाल प्युठान,१७ जेठ । लालिगुराँस रंगशाला झिमरुक गाउँपालिका–८ दिहाल्नामा स्थानीय तह स्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद, संस्कृति तथा पर्यटन सम्बृद्धिको आधार, गन्तव्य दिहाल्ना हाम्रो सरोकार, राष्ट्रको लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव सम्पन्न भएको हो । स्थानीय तह टि–ट्वान्टी कप क्रिकेट प्रतियोगितामा […]

पर्यटन प्रबद्धन गर्न पदयात्रा कमल वि.क. । जेठ १५, २०७५ प्यूठान । प्यूठानमा विविध कार्यक्रम गरी ११ औं गणतन्त्र स्थापना दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलगाँ देखि पर्यटकियस्थल मल्लारानी सम्म पदयात्रा गरि गणतन्त्र दिवस मनाईएको हो । सुनौलो विहान, चिनौं मल्लरानी भन्ने नारा सहित पर्यटकीय स्थल मल्लरानीको प्रर्वधन तथा रक्त सञ्चार केन्द्र प्यूठानको सहयोगार्थ […]

सनिउल्ला धोबी, कपिलवस्तु जेट १५ कपिलवस्तुका किसानहरुलाई खुसीको खबर रेलवे लाइन खेतियोग्य जमिनबाट नलैजना पहल सुरु भएको छ । खेती योगय जमिन क्षेत्रबाट नेपाल सरकार रेल विभाग काडमाण्डौले पुर्व पश्चिम रेल लाइन विस्तारको अनुसन्धान गरेकोले कपिलवस्तुबासी दुखी भएका थिए । रेल विभाग काडमाण्डौ कपिलवस्तुको खेतीयोग्य जमिनमा रेललाईन विस्तारको परियोजना अध्ययन गरे पश्चत यहाका किसानहरु दुखी […]

१४ जेष्ठ २०७५, आईतवार सलिम अन्सारी,१३ जेठ । सरुमारानी गाउपालिका वडा नम्बर ४ स्थित अस्थायी प्रहरी पोष्ट बड्डडाडा प्युठानले सामाजीक अपराध, दव्र्यसन तथा ट्राफिक नियम सम्बन्धी विद्यार्थीलाई जानकारी दिन बिद्यालयमा सचेतना कक्षा संचालन गरेको छ । विकृति, विसगंति,अपराध, हिसां लगायतका सामाजिक अपराध न्यूनीकरण गर्न एकदिने सचेतना कक्षा संचालन गरिएको हो। अस्थायी प्रहरी कार्यालय बड्डडाडाले बिभिन्न […]

सलिम अन्सारी १२ जेठ, २०७५ मानव बेचबिखनका हिसाबले प्युठान उच्च जोखिममा रहेको पाइएको छ । केआई नेपालले शुक्रबार सार्वजनिक गरेको तथ्याकँ अनुसार प्युठान महिला तथा बालबालिकाको बेचबिखनको जोखिममा रहेको पाइएको हो । ‘ सीमा क्षेत्रमा रोकथाम गरेका सम्भावित उच्च जोखिममा परेका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी प्युठान कै छन्,’ अद्यन प्रतिवेदन सार्वजनिक गर्दै केआई नेपालका […]

कार्यभार सम्हाल्दै भने–‘राजनिति र ब्यावसायिक आडमा हुने सबै गैरकानुनि काम रोक्छौ’ सागर थापा दाङ गुन्डागर्दि पुर्णरुपमा नियन्त्रण र प्रेस तथा मानव अधीकारको सम्मान पहीलो प्राथमीकता घोराही, जेठ १० । पाँच नम्बर प्रदेशको नयाँ प्रहरी प्रमुखमा डिआइजि शेर बहादुर बस्नेत आउनु भएको छ । एआइजि मधुसुदन पुडासैनिको यहाँवाट सरुवा भएपछि उहा हिजो बुधबार मात्रै दाङ आउनु […]