एबिसी संचार सुनसरी सादा पोशाकको प्रहरी हुँ भन्दै ब्यापारीहरुसंग रकम असुली गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका-२ मा रहेका केही ब्यापारीहरुलाई बिभिन्न डर त्रास देखाई गैह्र कानूनी रुपमा रकम असुली गरिरहेको भन्ने सूचना प्राप्त भएसंगै मंगलवार दिउँसो प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका-५ का २३ […]
एबिसी संचार दाङमा एक जना नेपाली सेनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको परिक्षणमा घोराही भरतपुर स्थित रिपुमर्दन गणमा कार्यरत ३२ बर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको छ । कोरोनाका कारण मृत्युभएका घोराहीका एक व्यक्तिको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण […]
एबिसी संचार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले कोरोना भाइरसविरुद्ध जारी सघर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन्। महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड(१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन्। उनले लकडाउनजस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुन: सल्किने बताए। विश्वव्यापी महामारी नियन्त्रण […]
महेन्द्र सिंह बाँकेको नरैनापुर कोरोना मुक्त भएको छ । पछिल्लो समय कोरोनाको हटस्पट भनेको नरैनापुर कोरोना मुक्त भएको हो । बाँके नरैनापुरका कोराना संक्रमित सबै ११८ जना डिस्चार्जभै घर फर्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिएका छन । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङका अनुसार उनिहरूकाे पछिल्लाे काेराेना रिपाेर्ट नेगेटिभ आएको थियो । यसअघि […]
एबिसी संचार काठमाडौं सरकारकाले बिहिबारबाट लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको हो। अब नीजि सवारी साधान जोर-विजोर गरेर चलाउन पाइने भएको छ। यस्तै, पसल पनि खोल्न पाइने छ। यी क्षेत्रहरु अब खुल्ने भएका छन्।
एबिसी संचार काठमाडौँ प्रहरीले अल्पाइन मेडिकल कलेज सिमरा बाराको एम्बुलेन्सबाट ५६ केजी लागुऔषध गाँजा बरामद गरेको छ । बुधवार बिहान साढे ८ बजे पर्साको वीरगन्ज महानगरपालिका – २६ स्थित रामपुर टोलमा ना४च८५९९ नं को एम्बुलेन्सबाट ५६ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । उक्त नम्बरको एम्बुलेन्स र ५६ केजी गाँजासहित […]
एबिसी संचार कंचनपुर भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक गरी तीन प्रहरीमा कारोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमण देखिएका दुई जनाको महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको […]
एबिसी संचार भैरहवा रुपन्देहीको बेलहिया नाका भएर मङ्गलबार ३०३ नेपाली स्वदेश भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट मङ्गलबार मात्रै १४ सय ५७ भारतीयहरू भारत प्रवेश गरेका छन् । नेपाल भित्रिएका नेपालीलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको र आफ्नो जिल्ला जान नपाएकाहरूलाई भैरहवामै क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी […]
महेन्द्र सिंह बाँके जिल्लाको नरैनापुर र नेपालगन्जमा रहेका विभिन्न क्वारेन्टाइनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि बाँके युनेस्को क्लबले १४ लाख रुपैया भन्दा बढीका विभिन्न सामाग्रीहरु प्रदान गरेको छ । नरैनापुर र नेपालगन्जका क्वारेन्टाइनहरुलाई थप व्यवस्थित गर्नु पर्ने माग चारैतिरबाट उठेपछि सो का लागि प्लान इन्टरनेसनलको आर्थिक सहयोगमा दुबै पालिकामा रहेका क्वारेन्टाइनलाई ठुलो संख्यामा विभिन्न सामाग्रीहरु […]
एबिसी संचार कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ । भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टिनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टिनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो असार १ गतेदेखि सेनालाई कारागारको सुरक्षाको जिम्मा दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार कोरोनाको सङ्क्रमण […]