दाङ । घोराही बनाऔं अभियानले बिहीबारदेखि घोराहीमा हुन लागि रहेको महोत्सवमा स्थानीय कलाकार, जिल्लाबाट बाहिर गएर स्थापित बनेका कलाकार एवं यहाँ विद्यालयका विद्यार्थीहरुलाई सांस्कृतिक कार्यक्रममा अनिवार्य सहभागि बनाउन माग गरेको छ । घोराही बनाऔं अभियानले आजदेखि घाराहीको झिंगौरा रतनपुरमा हुन लागि रहेको महोत्सवमा स्थानीय कलाकार र विद्यार्थीलाई अनिवार्य सहभागि बनाउन माग गर्दै नेपाल घरेलु तथा […]
काठमाडौँ । गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य तथा ‘दीपक मनाङे’ नामले चिनिने राजीव गुरुङ पाँच वर्ष कैद सजायको बाँकी अवधि पूरा गरेर बुधबार डिल्लीबजार कारागारबाट मुक्त भएका छन्। लामो समयदेखि अदालतमा चलिरहेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाको अन्तिम चरणमा कैद सजाय भुक्तान गरेपछि उनी कारागारमुक्त भएका हुन्। मनाङेले काठमाडौँमा भएको कुख्यात ‘ग्याङ फाइट’ प्रकरणमा दोषी ठहर […]
सल्यान । बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ । शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ वटा भेडा–बाख्रा मारेको छ । स्थानीयका अनुसार चरिचरणका लागि जङ्गल लगिएका पशुचौपायामाथि बाघले आक्रमण गर्दा ६ वटा बाख्रा र २ वटा भेडा मरेका हुन् । जिल्ला समन्वय समिति सल्यानका सदस्य तथा स्थानीय बासिन्दा चेतन गिरिले सुनचौरका […]
त्रिवेणी (रुकुम पश्चिम)। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ। उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन्। बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा […]
काठमाडौं । हालैका दिनहरूमा रवि लामिछाने सँग सम्बन्धित विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका चर्चा र अफवाहहरू फैलिरहेका छन्। यही प्रसङ्गसँग जोडेर नेपाल प्रहरीका अधिकारी दीपक खड्का बारे पनि केही भ्रामक सामग्रीहरू भाइरल बनाइएको बताइएको छ। सामाजिक सञ्जालमा “अन्तिम इच्छा सोधिएको” भन्ने वाक्यांशलाई लिएर विभिन्न प्रकारका व्याख्या गरिँदै आएको छ। तर सम्बन्धित स्रोतहरूका अनुसार उक्त […]
दाङ । देखिएको दृश्य दाङ जिल्लाको गढवा गाउँपालिका वडा नं. १ चिसापानी स्थित ड्याम नजिकको हो। यहाँ केही समयदेखि बिहानदेखि साँझसम्म खोला जन्य पदार्थ उत्खनन भइरहेको छ। सरकारी मापदण्ड अनुसार पुलदेखि ४०० मिटर भित्र र तटबन्धनदेखि २०० मिटर भित्र खोला जन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको हुन्छ। तर यहाँ सो मापदण्डलाई बेवास्ता गर्दै उत्खनन भइरहेको […]
उदयपुर । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको केही समयमै प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान ७:१० बजेतिर प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो। गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ। मतदानमा अन्य कुनै अवरोध नभएको […]
सर्लाही । निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद भएको छ। मतदान केन्द्रमा जम्मा भएका मतदाताबीच भनाभन र धक्का–मुक्का भएपछि स्थिति तनावपूर्ण बनेको थियो। विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको […]
बाँके। नेपालगन्ज जिल्लामा नेपाल-भारत सिमानाका नाकाहरू फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने भएको छ। यो निर्णय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर कडाइ गरिएको हो जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचनामा भनिएको छ कि भारत जोड्ने नाकाहरूमा यातायातका साधन सञ्चालन तथा आवतजावतमा रोक लगाइएको छ। तर, एम्बुलेन्स, ट्यांकर, […]
पर्सा । बिरगंज चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए । ‘उनीहरुले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने भन्ने तयारी गरेका रहेछन्,’ सुरक्षा स्रोतले भन्यो, ‘धार्मिक सदभाव भड्काउने उनीहरुको […]