ABC (क्राईमबिट) काठमाडौं । जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनील गुप्ताले बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् । गुप्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आइतबार १ बजे तालाबन्दी गरेका थिए । प्रहरीको सहयोगमा केहीबेरअघि ताला खोलिएको छ । ताला खोलेसँगै […]
(केभी निस्चयल) दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछाने तुलसीपुर आउने भएका छन् । लामिछाने यही कात्तिक २१ गते बिहान ८ बजे तुलसीपुर स्थित अरनीको मैदानमा आएर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने पार्टीले जनाएको छ । सोही कार्यक्रममा सहभागिताकालागि सम्पूर्णमा अनुरोध पनि गरिएको छ ।
ABC (क्राईमबिट) काठमाडौं । लागूऔषधको मुद्दाको अनुसन्धानमा चलखेल गरी अभियुक्तलाई छुटाउन सहयोग गर्ने नेपाल प्रहरुीका इन्सपेक्टर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्सपेक्टर लालबहादुर सुनारमाथि विभागीय कारबाही भएको छ । ब्राउन सुगरसहित पक्राउ परेका अभियुक्तसँग आर्थिक लाभ लिइ मुद्दालाई कमजोर बनाएको छानबिनमा खुलेपछि उनी कारबाहीमा परेका हुन् । । प्रहरीकै कमजोरीले लागुऔषध मुद्दामा […]
ABC (क्राईमबिट) अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सभाहलमा प्रमुख जिल्ला अधिकारी श्री शशिधर घिमिरेको प्रमुख आतिथ्यतामा तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजाल । जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भण्डारी लगायतको आतिथ्यतामा यस जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका मातहत प्रहरी युनिट ईन्चार्ज हरुलाई आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधी सभा […]
ABC (क्राईमबिट) लमजुङ । प्रहरीले एकै रात २ ठाउँबाट नगद २ लाख ८१ हजार १ सय २५ रुपैयाँसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ । विभिन्न ठाउँमा जुवा (कौडा) भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले कौडा थान ३२ सहित नगद र जुवाडे पक्राउ गरेको प्रहरीले […]
ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्तीकरणिमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपि राजन गौतमले घोराहीबाट केशब धिताललाई जबरजस्ति करणिमा प्रहरीले गएराती पक्राउ गरेको जानकारी दिए । केशब गोरखा हस्पिटलमा कार्यरत कर्मचारी हुन । केशब विरुद्ध सोहि अस्पतालमै कार्यरत युबतिले जबरजस्ति करणिमा जाहेरी दिएकि थिईन । […]
(ABC-Sanchar) काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ३ महिनामा विदेशबाट १६ करोड २३ लाख ५९ हजार रुपैयाँ बराबरको केरा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि असोज महिनासम्मको तथ्यांकअनुसार उक्त मूल्य बराबरको केरा आयात भएको हो । यस अवधिमा विदेशबाट १ करोड १३ लाख किलोग्राम केरा भित्रिएको विभागले जनाएको छ । आयातकर्ताले […]
ABC (क्राईमबिट) काठमाडौं । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उक्त जानकारी दिए । ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा […]
(ABC-Sanchar) काठमाडौँ । सामाजिक सञ्जाल ट्विटरले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएको छ। कम्पनीले शुक्रवार ५० प्रतिशत कर्मचारी कटौती गरेको एएफपीले जनाएको हो । मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यदल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्। ‘ट्विटरमा काम गर्ने […]
ABC (क्राईमबिट) दाङ । रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला परेको छ। लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परि उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो। तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव स्थानीय […]