१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

समाचार

एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपीशर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने संकेत गरे,

काठमाडौं । नेकपा एमाले पार्टी भित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन्। त्यतिमात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेको एक नेताले बताए। जेन–जी विद्रोहका कारण सत्ताच्युत भएपछि ओली अहिले गुन्डुमा डेरा गरी बसेका छन्। पार्टीका […]

काठमाडौं । भदौ २३ र २४ को प्रदर्शनका क्रममा जलेका गाडीहरू अहिले संसद् भवनमा थन्क्याइएको छ। सिंहदरबार लगायत सरकारी कार्यालयहरूमा जलेका सवारी साधनहरू संसद् भवन परिसरमा ‘डम्प’ गरिएको हो। जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा सयौँको संख्यामा सवारीसाधनहरू आगजनी गरिएका थिए।

बाँके । नेपालगञ्ज उपमहानगरपालिका भित्रका विभिन्न मेडिकलहरूमा EVAMINE (Pheniramine Maleate Injection I.P) नामक प्रतिबन्धित औषधिको खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ। स्रोतका अनुसार सो औषधि चिकित्सकको सिफारिसबिना, नशालु पदार्थको रूपमा प्रयोगका लागि पनि बिक्री भइरहेको छ। EVAMINE औषधि सामान्यतया एलर्जी नियन्त्रणका लागि चिकित्सकीय निर्देशनमा प्रयोग गरिन्छ। तर यसको दुरुपयोग गरी नशा अभिवृद्धि गर्न प्रयोग गर्ने […]

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर आफू र केपी ओलीलाई समातेर देखाउन चुनौती दिएका हुन् । उनले सरकारलाई चुनौती दिँदै भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रा बाको हिम्मत छ भनेर समातेर देखाऊ । यो धर्तीमा केपी […]

  काठमाडौं । बुधबार बिहान उनी साइबर ब्युरो पुगेका थिए । उनीसँग बयान लिइएको ब्युरो स्रोतले बतायो । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो । त्यसैले उनी बयानका लागि बुधबार […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ । आज दिउँसो कोशी , कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने छ […]

काठमाडौं । जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार यसबारे आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको अदालत स्रोतले जानकारी दिएको छ। बस्नेतबिरुद्ध शोभा पाठकले साइबर ब्यूरोमा निवेदन दर्ता गरेकी थिइन्। सोही निवेदनका आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गर्न पक्राउ पूर्जी माग गरेको थियो। यद्यपि अदालतले थप प्रमाण ल्याउन प्रहरीलाई निर्देशन दिएको हो। बस्नेतविरुद्ध थप […]

जाजरकोट । जुनिचाँदे गाउँपालिका–३ का २४ वर्षीय लोकेन्द्रनाथ योगी रहेका छन् । उनले आइतबार दिउँसो ४ बजे सुर्खेत–जाजरकोट जोड्ने मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका–२, सुयाडा नजिक ड्युटीमा खटिएका प्रहरीलाई धम्क्याएका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरिराम डाँगीका अनुसार योगी र उनका चार साथीसहित दुई मोटरसाइकलमा आएका थिए । लुम्बिनी प्रदेश–५०–प–३९६६ […]

काठमाडौं । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका आयुक्तहरूबीच छलफल भएको थियो। छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आवश्यक जनशक्ति, स्रोत, र साधनको प्रक्षेपण गरी सरकारसँग सहयोग मागिएको जानकारी दिए। उनका अनुसार, सरकारले आयोगलाई आवश्यक सबै स्रोत-साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रवक्ता भट्टराईले आजको बैठकले […]

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयाससँगै सो पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले काउन्टर दिने तयारी गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर जान लागेका छन् । अखिलका नेताहरूको बैठकले जाहेरी दिन जाने निर्णय लिएको […]

error: Content is protected !!