१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

समाचार

काठमाडौँ सामाखुसी चोकमा राजावादीहरूको प्रदर्शन,

काठमाडौं । शनिबार अपराह्न उनीहरुले प्रदर्शन गरेका हुन् उनीहरूले यसअघि  सामाखुसी चोकमा जम्मा  भएर नारायणहिटी  जाने कार्यक्रम  तय गरेका थिए । तर हिजो  काठमाडौँ  जिल्ला प्रशासन कार्यालयले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकालेपछि उनीहरूले सामाखुसी चोकमा प्रदर्शन गरेका हुन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा जारी छलफलमा प्रधानमन्त्री कार्की मन्त्री र जेनजी समूहका प्रतिनिधि सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुङ्गानालगायत सहभागी छन् । छलफलमा सुशासन, संविधान संशोधनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिले आफ्ना धारणा प्रस्तुत गरेका छन् । आगामी निर्वाचनमा केन्द्रित भएर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताबीच शुक्रबार राष्ट्रपति भवनमा छलफल भएको थियो […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यौन धन्दा चलिरहेको जनगुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर मिलन कटेज, भेरी–कर्णाली होटल, रिभरसाइड र दंगाली होटलमा एकैपटक छापा मारिएको हो। उक्त कारबाहीका क्रममा ३१ जना महिला र १४ जना पुरुष गरी ४५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। पक्राउ परेकामध्ये पुरुषहरू मध्ये धेरैजना भारतीय नागरिक […]

दाङ । घोराही खसी मासु व्यवसायी समिति घोराहीका अध्यक्ष असलाम कुरेशीका अनुसार छिमेकी बजारहरूमा खसीको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ पुगेपछि किसानहरूले घोराहीमा भन्दा बाहिर बेच्दा राम्रो मूल्य पाउने भएकाले स्थानीय बजारमा खसीको आपूर्ति घटेको हो। गत असोज २२ गते बसेको समितिको बैठकले शनिबारदेखि लागू हुने गरी मासुको मूल्यवृद्धिको निर्णय गरेको थियो। तर जिल्ला प्रशासन […]

कैलाली । घोडाघोडी नगरपालिका–८ मा गएराति २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको छ । हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । दुबै जनाले बुढाको घाँटी रेटी टाउको छुट्याएका थिए र त्यसपछि टाउको बोकेर आफैं इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी […]

दाङ । तुल्सीपुर अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गर्ने र सुनुवाइ गर्ने कार्य सुरु हुनेछ । यसअघि बन्दीप्रत्यक्षीकरणको निवेदन लिने मात्रै कार्य भएको थियो ।चालु अवस्थामा रहेका मुद्दाहरूको कामकारबाही नियमित […]

जनकपुर । नेपाल सरकार गृह मन्त्रालय बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समुह तर्फ प्रहरी नायब महानिरीक्षक डिआईजी पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीपदमा बढुवा सिफारिस भई जान लाग्नु भएका मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीलाई मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुबाट बिदाई गरिएको छ ।

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रवक्ता तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीको बिदाइ गरिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोकमा शुक्रबार आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगाल र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले ३० वर्षे सेवा अवधि पूरा गरेका डीआईजी धौवजीलाई बिदाइ गरेका हुन् । डीआईजी धौवजी ३० […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले […]

काठमाडौं । केही महिनाअघि इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ । इरानमा इजरायलसँगको १२ दिने युद्धका क्रममा कण्डमको बिक्री २६ प्रतिशतले वृद्धि भएको छ। सन् २००६ मा उत्तर कोरियाको परमाणु परीक्षणपछि दक्षिण कोरियाली बजारमा कण्डमको बिक्रीमा उल्लेखनीय उछाल आएको थियो। रुसले सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि […]

error: Content is protected !!