०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

निर्वाचनलाई लक्षित गरि नेपाल प्रहरीको प्रदेश डिआईजीहरुको हेरफेरको तयारी

काठमाडौं । गृहमन्त्रालयले चुनावलाई लक्षित गरी प्रदेश र केही जिल्लाका प्रहरी प्रमुख सरुवाको तयारी गरेको छ । कमजोर कार्यक्षमता भएका डीआईजी,एसपी र डीएसपीलाई अवधि नपुगी हटाउन लागिएको छ । कोशी प्रदेशमा डीआईजी पद खाली भइसकेको छ । त्यहाँ कार्यरत ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस भइसकेका छन् । त्यस्तै, बागमतीका अरुण पौडेल, लुम्बिनीका राजेन्द्र भट्ट र […]

काठमाडौं । नेपाल प्रहरीले नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए  । दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौँ l नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले भक्तपुरको गुण्डु क्षेत्र अति नै रमणीय वातावरणीय हिसाबले पनि उत्कृष्ट, यहाँबाट विभिन्न हिमालहरु देखिने भएका कारण किताबहरू लेख्न, कविता लेख्नका लागि गुण्डुमा बस्न आग्रह गर्नुभयो l प्रेस चौतारी नेपालको अगुवाइमा आइतबार गुण्डुमा ओलीलाई भेट्न गएको समयमा उहाँले यस्तो बताउनु भएको हो । गुण्डु क्षेत्र सबैले […]

काठमाडौं । अत्याधिक हिमपात र चिसोका कारण बिरामी भई उद्दार गरिएका उपचाररत प्रहरी कर्मचारीहरू तथा अन्य बिरामी प्रहरी कर्मचारीहरू तथा आफन्तहरूसँग नेपाल प्रहरी अस्पतालमा भेटेर स्वास्थ्यस्थितिको जानकारी लिनुहँदै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा जिल्ला डोल्पा शे-फोक्सुण्डो गा.पा. १ मिजार गुम्बा स्थित इ.प्र.का. नाम्दोमा कार्यरत प्रहरी कर्मचारीहरू मिति २०८२।०७।२३ गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय डोल्पाको […]

काठमाडौं । जेनजी युवाको प्रदर्शनमा सहभागीहरुलाई नियन्त्रणमा लिएर यातना दिएको र दुर्व्यवहार गरेको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी हिरासतको निरीक्षण गर्ने भएको छ । आयोगले गत विहीबार र शुक्रबार हिरासतहरुको निरीक्षण गरेको हो । निरीक्षणको रिपोर्ट भने सार्वजनिक हुन बाँकी छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले अनलाइनखबरसँग भने, ‘विहीबार र शुक्रबारको निरीक्षणमा के पाइयो […]

काठमाडौं । सरकारले सन्न्यासी मात्रै होइन, मृतकका नाममा समेत सुरक्षाकर्मी खटाएर दुरुपयोग गरेको खुलेको छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मृत्यु भएको १५ वर्ष बितिसक्दा पनि उनकै नाममा सशस्त्रका एक सुरक्षाकर्मी खटाएको गृहको तथ्यांकमा उल्लेख छ । त्यस्तै, दिवंगत भइसकेका पूर्वगृहमन्त्री खुमबहादुर खड्काको सुरक्षाका नाममा पनि सशस्त्रका एक सुरक्षाकर्मी परिचालन गरिएका थिए । खड्काको ०७४ मै मृत्यु भएको थियो । […]

काठमाडौं । शनिबार नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो । निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यो निर्णयसँगै अब पेट्रोलको मूल्य रु १६१ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

पर्सा । अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२९ मुसैली बस्ने ३५ वर्षीय कृष्णा प्रसाद साह, १४ वर्षीय बालक र बारा विश्रामपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका छन्। वीरगञ्ज महानगरपालिका-८ बाट सर्वसाधारणहरूलाई विभिन्न प्रलोभन तथा झुक्यानमा पारी विभिन्न बैंकहरूको ‘मनी मोल एकाउन्ट’ खोलाई उक्त खाताहरूमा […]

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ […]

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

error: Content is protected !!