(ABC-Sanchar) काठमाडौं । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् । दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अनलाइनखबरसँग मुद्दा दर्ता भएको पुष्टि […]
ABC (क्राईमबिट) बर्दिया । विगत केही समययता बर्दियामा चोरी, डकैतीका घटना बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।बर्दियाको सदरमुकाम गुलरियामा दुई थान कटुवा पिस्तोलसहित आएका दुई जना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय, बर्दियाको मूलद्वारदेखि पूर्व करिब २५ मिटर दूरीमा लुटपाट गर्ने उद्देश्यले आएका उनीहरूलाई नियन्त्रणमा लिई स्थानीयले प्रहरीलाई बुझाएका छन् […]
(मोहनजंग बुढ थापा) बर्दिया । परिचय तथा पृष्ठभुमिः मानिसमा तलतल (लत) सिर्जना गरी शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत बनाइ दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागूपदार्थ वा औषध हो । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ । जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक तथा […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ बस्ने ३८ वर्षिय सुजित सोनी सुनार रहेका छन । उनलाई बिहिबार बाँके प्रहरीले पक्राउ गरेको हो । बाँके जिल्ला अदालतको २०७८।११।२७ गतेको फैसलाले सुनारलाई लेनदेन मुद्दामा ३ महिना कैद सजाय तोकेको थियो । त्यसपश्चत उनी हाल सम्म फरार रहेका थिए ।
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार २४ जना एसपीको सरुवा गर्ने निर्णय भएको जनाएको छ । यस्तै, यसअघि काज सरुवा भएका एसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।
ABC (क्राईमबिट) रुपन्देही । आफ्नै श्रीमती ३१ वर्षीया साबित्री थापा क्षेत्रीको विभत्स हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरको सुत्ने कोठामा बुधबार बिहान साबित्री मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले घटना शंकास्पद र हत्या भएको […]
ABC (क्राईमबिट) सुर्खेत । त्यसका लागि प्रदेश ट्राफिक कार्यालयले कार्ययोजना तयार पारिरहेको छ । दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागु गरिने कर्णाली प्रदेश ट्राफिक प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए । विशेषगरी कर्णाली राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । साँघुरो र खाल्डै–खाल्डाले जीर्ण राजमार्गको अहिलेसम्म स्तरोन्नती हुन सकिरहेको छैन । […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश सिंहलाई ८ महिना कैद सजाय सुनाइएको छ। उमेर घटाएर नक्कली प्रमाण पत्र पेस गरी प्रहरीमा जागिर खाएपछि कीर्ते कागजात कसुरमा अदालतले कैद सजायसँगै १५ हजार रुपैयाँ जरिवाना पनि तोकेको छ। सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडैल, बलभद्र बाँस्तोला र […]
ABC (क्राईमबिट) काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यमा बिहिबार एक समारोहका बिच कार्यालयको सभाहलमा उपत्यका स्थित जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरूले राखेका जिज्ञासा निरुपण गर्दै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणाले धन्यवाद […]
(ABC-Sanchar) रौतहट । चन्द्रपुर नगरपालिका-६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा राजदेवी नगरपालिका-१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा […]