२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

छात्रालाई भित्री बस्त्र खोल्न भने पछी हेटौँडा क्याम्पसमा तनावग्रस्त २ कार्यालय सहयोगी निलम्बित

ABC-Sanchar हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ स्थित हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुई छात्रालाई चिट लुकाएको भन्दै दुर्व्यवहार गरेको आरोप लागेका कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ । क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक राखेर दुईजना कार्यालय सहयोगीलाई निलम्बन गर्ने निर्णय गरेको हो । विद्यार्थीहरूले दोषीलाई कारबाहीको माग गर्दै आज क्याम्पस परिसरमा नाराबाजी र तोडफोड गरेका थिए । […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमबारदेखि सशस्त्र प्रहरी अधिकृतहरुलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा संचालन गरिएको छ । सो प्रशिक्षण कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्व दिनानु दिन […]

ABC (क्राईमबिट) काठमाडौं । कीर्तिपुर नगरपालिका-१ बस्ने धनकुटा, धनकुटा नगरपालिका-६ घर भएकी ५७ वर्षीया सिर्जना शाक्य (तामाङ)लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडस्थित सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१ […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्जको मुख्य सडक सुर्खेत रोडमै पानी भरियो । धम्बोझी चोकमा पनि पानी भरिएर सडकमै बग्न थाल्यो । सडकबाट नालामा पानी खस्न पर्याप्त निकासको व्यवस्था नहुँदा सडकमै पानी बगिरहको देख्न सकिन्थ्यो । घरबारी टोलमा त पसलहरु भित्रै पानी पसेपछि एकाबिहानै व्यापारीहरु बाल्टिनले पानी बाहिर फालिरहेका भेटिए । अधिकांश पसलहरुभित्र पानी पसेको थियो […]

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक दुर्घटना बढ्दै जान थालेपछि ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ। सडक दुर्घटना न्यूनीकरणका लागि भि .एन स्कुल एन्ड कलेज घोराही दाङ र दाङ ट्राफिकले सचेतनामूलक र्‍याली आयोजना गरेर पर्चा पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउने लगायत कार्य ट्राफिक प्रहरीले अगाडि बढाएको छ। […]

(सागर थापा) दाङ । नेपाल प्रहरीको देशभरका लेखापालहरुकाे सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले यहि साउन १ गतेबाट लागूहुनेगरि ४०२ जना लेखापालहरुकाे सरुवा गरिएकाे जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पा लिबाङ अपराध अनुसन्धान प्रमुख प्रहरी निरीक्षक थमन जिसी लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा लेखा प्रमुखको […]

(ABC-Sanchar) बाँके । न्याय परिषद्मा परेको उजुरीका आधारमा उनलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले तानेका हुन् । उनलाई अब परिषद्ले थप छानबिन गर्नेछ । परिषद्ले यसअघि पनि उनलाई सचेत गराएको थियो । जिल्ला अदालतमा रहेका मुद्दामा आर्थिक चलखेलदेखि न्यायिक विचलन र खराब आचरण देखिएकाले मुद्दा हेर्न तत्काल रोक्नुपर्ने अवस्था देखिएकाले सर्वोच्च झिकाइएको परिषद् स्रोतले जनाएको छ […]

ABC-Sanchar काठमाडौँ । काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो। स्थानीय नगेन्द्रप्रसाद दाहालका अनुसार ३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको […]

  ABC (क्राईमबिट) धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी […]

ABC (क्राईमबिट) कास्की । पोखरा महानगरपालिका-८ न्यूरोडस्थित एक होटलमा २ वटा नक्कली सुनको बाला देखाई सक्कली हो भन्दै ठगी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-४ रामकृष्ण टोल बस्ने चितवन माडी नगरपालिका-८ बसन्तपुर घर भएका ३५ वर्षीय धर्मेन्द्र खाती (शाय) र पोखरा महानगरपालिका-१६ घर्मीखोला बस्ने स्याङ्जा अर्जुन चौपारी […]

error: Content is protected !!