(ABC-Sanchar) दाङ । तुलसीपुर उपमहानगरपालिका १२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने क्षमताको ट्याङ्की निर्माण गरिएको छ । इन्जिनियर सुरज शाहका अनुसार ट्याङ्की ३० हजार […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ९ जना प्राविधिक प्रहरी नायब निरीक्षक (सई) प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, केनाईन, कम्प्यूटर, अन्य र भौतिक पूर्वाधारतर्फका ९ जना सईलाई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरेको हो ।
ABC (क्राईमबिट) पर्सा । जिल्लाको ठोरी गाँउपालिका २ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाई ल्याएका एक जनाको सशस्त्र प्रहरीले असार ५ गते सकुशल उद्धार गरेको छ । एक जना व्यक्तिलाई सो खोलाले बगाई ल्याउँदै गरेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट उद्धार कार्यको लागि तत्कालै टोलीले खटिएको थियो । सशस्त्र प्रहरीले उद्धार गरेको […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका १० वटै तालिम केन्द्रमा रुवाबासी सुरु भएको छ । तालिमेहरूको राशनभत्तामा मस्ती गर्दै आएका तालिमकेन्द्रका प्रमुख तथा लेखापालमाथि सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेपछि एसएसपी र एसपीहरू कारबाही रोक्न दौडधुपमा लागेका छन् । सशस्त्र प्रहरी मुख्यालयले हालै सबै तालिम केन्द्रमा छड्के टोली पठाएर छानबिन गरेको थियो । छानबिनमा कैफियत देखिएपछि […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन ५ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही साउन २ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ ८९ जना र […]
(राकेश श्रेष्ठ) मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्नुहुने भएको छ । सो महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिनुभयो । युनियनको साउन ६ र ७ गते हेटौँडामा सञ्चालन […]
ABC (क्राईमबिट) दाङ । जिल्लाको विभिन्न स्थानबाट चोरीको मोटरसाइकल सहित केही ब्यक्तीहरु लाई दाङ प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ । डिएसपी रिजालका अनुसार शुक्रबार मोटरसाइकल र मोटरसाइकल चोरीमा संगलन सहितलाई जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताए ।
ABC-Sanchar काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका चार नेता कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्ने भएका छन्। राप्रपा नेतृत्वप्रति असन्तुष्ट हुँदै नेताहरु दीलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठले पार्टी छाडेका थिए। आज दिउँसो उनीहरुलाई राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापाले उनीहरुलाई […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले हालै बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् । केहिदिन अघि प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका ७ जना प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक (सई) हरू प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् । बुधबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह, स्वास्थ्यतर्फका ७ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।