२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

काठमाडौंबाट प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुङ्गामा जाँचका क्रममा लागुऔषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिए। […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी मिलेमतोमा एक युवकलाई वन मुद्दामा फसाएको पुष्टि भएको छ । कपनका शिव लिम्बुलाई कस्तुरीको बिनासहित दुई साताअघि प्रहरीले पक्राउ गरेकोमा उनीमाथि झुटो अभियोग लगाइएको खुलेको छ । सुभाष राई नामक व्यक्तिले लिम्बुको मोटरसाइकलमा कस्तुरीको बिना राखिदिएर प्रहरीलाई पक्राउ गर्न लगाइएको पुष्टि भएको छ । राई र लिम्बुबीच जग्गासम्बन्धि लेनेदन विवाद […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ३४ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस भएको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो ।

  (ABC-Sanchar) बाजुरा । सोमबार बिहान ४ बजेर ३१ मिनेटमा भूकम्प गएको हो। यसअघि दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

ABC (क्राईमबिट) काठमाडौँ । अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ। ​ इन्डियानाको ग्रीनवुड पार्क मलको फूड कोर्टमा गोली चल्दा सन्दिग्धको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। सन्दिग्ध पुरुष भएको र उनको अहिलेसम्म पहिचान नभएको इन्डियाना प्रहरीले जनाएको छ। घटनाको […]

(ABC-Sanchar) काठमाडौँ । साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ […]

ABC (क्राईमबिट) काठमाडौं । खाजाघरमा नाबालिका हरूलाई वेश्यावृत्तीमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा २८ वर्षीया चिनीमाया लामा लिम्बु पक्राउ परेकी छिन् । टोखा नगरपालिका–९ बस्ने ईलामको माई नगरपालिका–७ घर भएकी लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । लिम्बुले २ जना नाबालिकाहरूलाई टोखा नगरपालिका–९ मा संचालन गरेको खाजा होटलमा ग्राहकहरूसँग प्रतिव्यक्ति १ हजार […]

ABC-Sanchar काठमाडौं । चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा कालिमाटी प्रहरी वृत्तले एक जनालाई पक्राउ गरेको छ् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं ६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने वर्ष २१ का वाशुदेव अर्याल रहेको प्रहरी वृत्त कालीमाटीका डिएसपी अनिल घिमिरेले बताए । अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड […]

ABC-Sanchar धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा पक्राउ परेका छन्। गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। बुढा बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत ३० हजार कमिशन रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरले जानकारी दिएको छ। घोडाघोडी नगरपालिका- १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम […]

ABC (क्राईमबिट) झापा । जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व-पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाईन्टबाट सशस्त्र प्रहरीले ५ लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने आनन्द कुमार सदेका, प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र दार्जिलिङ घर बताउने चालक अविजित सिंह छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको […]

error: Content is protected !!