ABC (क्राईमबिट) काठमाडौं । चावहिलमा रहेको एक गोदाममा प्रहरीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो । अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका […]
ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रायका उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, […]
(ABC-Sanchar) काठमाडौँ । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डका ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले बाटाहरू अवरुद्ध भए पनि जिल्लामा […]
(ABC-Sanchar) काठमाडौँ । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् । सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो । अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका […]
ABC (क्राईमबिट) पर्सा । वीरगन्जबाट ४१ लाख ५५ हजार रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले चेकजाँचका क्रममा २५ वर्षीय भारतीय नागरिक राजेशकुमारलाई नगदसहित पक्राउ गरेको हो । रक्सौलबाट वीरगन्जतर्फ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेका राजेशलाई रजत जयन्ती चोक नजिकै नियन्त्रणमा लिएर प्रहरीले खानतलासी गरेको थियो ।
ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार मन्त्रीस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ३७ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा सूचना प्रविधितर्फका प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. अरूण कुमार भण्डारी, […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा भएका छन् । २५ असारमा उनीहरुको सिफारिस भएकोमा मंगलबार गृह मन्त्रालयले बढुवाको निर्णय गरेको हो । उनीहरुको बढुवासँगै करिब दर्जन जिल्ला रिक्त भएका छन् । मोरङ, बारा, रौतहट, मकवानपुर, कपिलवस्तु, कपिलवस्तु, पश्चिम नवलपरासी, डोटी लगायत जिल्लामा रिक्त भएका हुन् । मोरङका राजन अधिकारी, बाराका दिलिपसिंह […]
ABC (क्राईमबिट) काठमाडौँ । मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित साहित्यका माध्यमबाट सडक सुरक्षा सम्बन्धी ट्राफिक जनचेतना प्रवर्धन कार्यक्रम काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले शान्ति सु-व्यवस्था लगायत बढ्दै गएको सडक सुरक्षामा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने […]
ABC (क्राईमबिट) काठमाडौं । कस्तुरीको बिना प्रकरणमा पक्राउ परेका पाँचथरका शिव लिम्बु १२ दिनपछि सोमबार छुटेका छन । गत असार २३ गते काठमाडौंको चाबहिलबाट कस्तुरीको बिना लुकाई राखेको आरोपमा प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो । तर, लिम्बु निर्दोष देखिने सीसीटिभी फुटेज कार्यक्रम सिधा कुरा जनतासँगले सार्वजनिक गरेपछि यो विषयले प्रहरी प्रशासनमा तरंग पैदा गरेको थियो […]
ABC (क्राईमबिट) काठमाडौँ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको […]