२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

बाँकेको जमुनाहा प्रहरीले ब्राउन सुगरसहित ३ जना पक्राउ

ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४ बस्ने ५५ वर्षीय अञ्जन खाँ, वडा नम्वर १६ बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय इरफान जोलाह रहेको प्रहरीले जनाएको छ । खाँले अन्सारी र जोलाहलाई लागुऔषध विक्रीवितरण गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि सीमा प्रहरी चौकीका इन्चार्ज राजेन्द्र सिंह पुजाराको कमाण्डमा खटिएको प्रहरीको टोली र लागु […]

ABC (क्राईमबिट) बर्दिया । मधुवन नगरपालिका–६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई पक्राउ गरेको हो । गोठको पछाडि लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

(ABC-Sanchar) कर्णाली । स्थानीय तहका जनप्रतिनिधिले अघिल्लो कार्यकालमा नियुक्त गरेका करार सेवाका कर्मचारी हटाउन थालेपछि विवाद बढेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै करार सम्झौता नवीकरण नगर्ने कार्यपालिकाको निर्णयले कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व बढेको छ । कर्णालीका केही स्थानीय तहले अघिल्लो कार्यकालमा आवश्यकताभन्दा बढी करार सेवामा कर्मचारी नियुक्त गर्दा विकास बजेटमा प्रभाव परेको भन्दै […]

ABC (क्राईमबिट) काठमाडौं । कोटेश्वरबाट असार १७ मा २ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानबाट मानव बेचविखन अनुसन्धान ब्यूरोले थप ३ जनालाई पक्राउ गरेको छ । मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट असार १७ मा २ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानबाट मानव बेचविखन अनुसन्धान ब्यूरोले थप ३ जनालाई पक्राउ […]

ABC (क्राईमबिट) काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रतिबन्धित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी सग्रामपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय विवेक कुमार यादवलाई ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन सहित प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५१४४ नम्बरको बसलाई […]

(सागर थापा) दाङ । जिल्लाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको रूपमा हिरालाल रेग्मी आए सँगै धेरै समयको अन्तरालमा सरकारी गाडीमा एक्सन लिइएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख झबिन्द्र परियारको नेतृत्वमा सरकारी नीति विपरीत सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएको सवारी साधनलाई दाङ ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको […]

ABC-Sanchar बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शनिबार एक कार्यक्रमकाबीच ६१औं साक्षर जिल्ला घोषणा गरेका हुन् । कार्यक्रममा गहतराजले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए । अब पूर्ण साक्षर बनाउन लाग्नुपर्ने उनको जोड छ । जसका लागि सबै पालिकाले आवश्यक बजेट विनियोजन गरी साक्षरता अभियान संचालन गर्न उनले आग्रह गरे ।

ABC-Sanchar काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए। उनीहरूले […]

(ABC-Sanchar) दाङ । नागरिक स्वास्थ्यमा सरकार भन्ने मूल उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले सरकारले चालु आर्थिक वर्ष २०७९÷०८० साउन १ गतेदेखि लागु हुने गरी प्रादेशिक स्तरका दुई सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा बिरामीलाई बेड, बिरामी र रगत सेवा निःशुल्क सञ्चालनमा ल्याएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या […]

(ABC-Sanchar) गुल्मी । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गरेको हो । रेसुङ्गामा पूजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्युठान, रुपन्देही, दाङलगायतका नेपालका विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरू आउने गर्दछन् । पोखरीमा नुहाउन तथा पूजा गर्नेहरूको साउनभर भिड लाग्ने गर्दछ । आज पहिलो दिन […]

error: Content is protected !!