ABC-SANCHAR काठमाडौं । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ । सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ । […]
(महेन्द्र सिंह ) बाँके । रोल्पा माडि गाउँपालिका वडा ०२ बस्ने १८ वर्षीय किरण घर्ती रहेका छन् । जमुनाहा प्रहरीको टोलीले आवश्यक जाँच गर्दा मास्क भित्र लुकाएर राखेको अन्दाजी १३ ग्राम खैरो हिरोईन फेला परेको ईलाका प्रहरी कार्यालय जमुनाहा इन्चार्ज वरिष्ठ सइ माधव रिजालले जानकारी दिए । पक्राउ परेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरूरीया देखि गढवा गाउँपालिका १ बडहरा जोड्ने राप्ती नदीमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । १ सय १८.१ मिटर लामो, २ सय ९५ मेट्रिक टन भार क्षमता र २ हजार १ सय १९ जना एकै पटक हिड्न सक्ने उक्त पुलको क्षमता […]
ABC (क्राईमबिट) काठमाडौं । आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा सरकारले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली,२०७१ बमोजिम प्रहरी अतिरिक्त महानिरीक्षक धिरजप्रताप सिंहलाई गत बैशाख १८ गते मन्त्रिपरिषदवाट बढुवा गर्ने निर्णय गरेको थियो । धिरजप्रताप सिंहले प्रहरीको नेतृत्व संगठन […]
(सागर थापा) दाङ । मानव कल्याण समाज घोराही दाङ शाखाले शाखा स्थापना २ वर्षमा नै भाडाको घरबाट मुक्त भै आफ्नै घरमा आमाबुवालाई गृहप्रबेश गराएको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीज्युको प्रमुख आतिथ्यतामा नयाँ घर उद्घाटन तथा गृह प्रबेश कार्यक्रम” सम्पन्न भएको छ । कार्यक्रममा मेयर चौधरीले यस्तो काम गर्ने सस्था धेरै आए तर दिगो […]
(नन्दु यादव) नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ५ धर्मौली ईलाकाबाट सशस्त्र प्रहरीले करीब ७ लाख ८ हजार रुपैयाँ बराबरको अवैध चिनी बरामद गरेको छ । सो ठाउँमा भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र मातहत युनिटहरुबाट खटिएको सशस्त्र प्रहरीले […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका ८९ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) एवं सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरू सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, साधारण उपसमूहका ८९ जना सई र वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग भर्ना छनौट शाखाका अनुसार शनिबार प्राविधिक समूह अन्तर्गत इन्जिनिरिङ र विधि विज्ञान उपसमूह तर्फको प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन भएको हो ।
ABC-SANCHAR दाङ । घोराही उपमहानगरपालिका ११ का स्थानियहरुले शनिबार बिहान् जंगलबाट च्याउ खोजेर ल्याएका उनीहरुले पकाएर खाएको केहि समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । प्रवक्ता रिजालका अनुसार बिरामी पर्नेहरुमा घोराही उपमहानगरपालिका ११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरी २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता […]
(महेन्द्र सिंह ) बाँके । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ मा आज वृक्षरोपण कार्यक्रम थियो । वृक्षरोपणमा सहभागी हुन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षमन्त्री सुरेन्द्र हमाल पनि पुगेका थिए । उक्त कार्यक्रममा जिल्ला वन अधिकृतसहित वनका कर्मचारी र स्थानीय बासिन्दाहरू सहभागी थिए । एक्कासि जिल्ला वन अधिकृतको मोबाइलको घण्टी बज्यो । वडा नम्बर […]