२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

समाचार

बिदा सकिएर पनि एआईजी पोखरेल हाजिर भएनन अझै १० दिन बिदा बसे किन ?

ABC (क्राईमबिट) काठमाडौं । अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल कार्यालयमा हाजिर भएका छैनन् । प्रहरी महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध एआईजी पोखरेल सर्वोच्च अदालत पुगेका थिए । एआईजी पोखरेलको एक महिना लामो बिदा पनि बुधबारबाट सकिएको छ । तर, बिदा सकिए पनि पोखरेल कार्यालयमा हाजिर भएका छैनन् । प्रहरी प्रवक्ता […]

(महेन्द्र सिंह) बाँके । राप्तीसोनारी गाउँपालिकाको गाउँगाउँमा नदीजन्य पदार्थको अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वडा नं २, ४, ५, ६, ८ र ९ का विभिन्न क्रसर उद्योग तथा नदीजन्य पदार्थ राखिएको घाटगद्दी स्थलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा अधिकांश स्थानमा नदीजन्य पदार्थको अवैध रुपले उत्खनन र घाटगद्दी […]

(ABC=SANCHAR) बर्दिया । मधुवनमा वन्यजन्तुबाट पीडितहरूले गरेको आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, पीडित परिवार, मधुवन नगरप्रमुख तेजबहादुर भाट, जिल्लाका सम्पुर्ण दलका नेता तथा जनप्रतिनिधिहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु लगायत सुरक्षा अधिकारीहरु सम्मीलित सर्वपक्षीय बैठकमा सहमति भएपछि आन्दोलन तथा चक्काजामका कार्यक्रमहरू आन्दोलनकारीहरुले फिर्ता लिएका हुन । अहिले मधुवनको स्थिति सामान्य […]

(सागर थापा) बर्दिया । मधुवन नगरपालिका २ ओराली बजारमा वन्यजन्तु पीडितमाथि भएको गोलीकाण्डको विषयमा छानबिन गर्न इलाका प्रहरी कार्यालय,राजापुरका डीएसपी सूर्य सुवेदी जिल्ला तानिएका छन् । उनको नेतृत्वमा ओराली बजारमा प्रहरी तैनाथ गरिएको थियो । चौतर्फी दबाबपछि डीएसपी सुवेदीलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्रबहादुर शाहीले डीएसपी सुवेदीलाई छानबिनका लागि […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७८/०८/१० गते विज्ञापन गरेको थियो सोहि विज्ञापन अनुसार प्रयोगात्मक परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मदेवारहरुको नतिजा मंगलबार प्रकाशित भएको हो ।

ABC (क्राईमबिट) काठमाडौँ । नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र गृहमन्त्री बालकृष्ण खाँडबीच भेटवार्ता भएको छ । बुधबार बिहान गृहमन्त्रालयमा गृहमन्त्री खाँड र प्रकाण्डबीच भेटवार्ता भएको हो । यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरूको रिहाइ लगायतका विषयमा छलफल भएको नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए । भेटमा गृह सचिव […]

(ABC=SANCHAR) काठमाडौँ । सिसडोल क्षेत्रका वासिन्दाले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि अवरोध गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’ स्थानीयवासीसँग समन्वय नगरेको भन्दै […]

(ABC=SANCHAR) काठमाडौं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्र्रभावले प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा […]

(ABC=SANCHAR) काठमाडौँ । नेपालमा रहेका भारतीय नागरिकले अब काठमाडौँस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ । काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासले एक सूचना जारी गरी कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले विवरण दर्ता गराउनु अनिवार्य छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ […]

(खेमराज रिजाल) दाङ । टेक्टर माल नलिएरै खोलाको किनारै निकार टाप कसे, खोलामा खाडल बनाएर उत्खनन् गरीरहेका नागरीकहरु पनि पैदल दौडीरहेका देख्रिनथे, अनि खोलामा माल लोडगर्ने स्काभेटर अप्रेटर स्काभेटर खोलामै छाडेर कता गायव । यो दृश्य मंगलवार विहान पातुखोलाको राइखल्यान क्षेत्रमा देखिएको थियो । जव प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एस पि […]

error: Content is protected !!