(ABC=SANCHAR) काठमाडौं । दाङमा एक किशोरीलाई अपहरण गरी सामुहिक बलात्कार गरेको मुद्दाका दोषीहरुलाई जिल्ला र पुनारावेदन अदालतले फैसला गरेको सजायमा न्यून देखिएको भन्दै सर्वोच्चले थप सजायको फैसला गरेको छ । ०६७ सालमा रुकुमको चुनवाङकी १८ वर्षकी लक्ष्मी आफ्ना केटा साथीसँग दाङको तुलसीपुरस्थित कृष्णसागर होटलमा बसेकी थिइन् । होटलमा होहल्ला गर्दै बसेका १० जना केटाहरूले टीभीको […]
(ABC=SANCHAR) काठमाडौं । कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो। बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा अहिलेसम्मकै सशक्त नेतृत्व पंक्ति तयार भएको छ। प्रहरी महानिरिक्षक (आईजी) धीरजप्रताप सिंहको कमान्डमा तयार भइरहेको नेतृत्व पंक्तिमा एक से एक उच्च अधिकारी तय भइरहेका छन्। सिंहसहित उनका ब्याची सहकुलबहादुर थापा अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) छन्। भर्खरै मात्र गृह मन्त्रालयको बढुवा समितिले अन्य ५ जनालाई एआईजी बढुवाका लागि सिफारिस गरिसकेको […]
ABC (क्राईमबिट) काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका-१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्र प्रकाश सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुवेदीको नाममा १ करोड १० लाख बिगो भएको बैंकिङ कसूरमा मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०७८ फागुन २० गते पक्राउ अनुमति समेत जारी भई फरार […]
(सागर थापा) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाको प्रमुख फेरिएका छन् । यस अगाडी कर्मचारी प्रशासन शाखाको प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरेलाई हटाएर एसपी बेलबहादुर पाण्डेलाई जिम्मेवारी दिइएको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा समेत कर्मचारी प्रशासन शाखामा काम गरेको अनुभव संगालेका एसपी पाण्डे नेपाल प्रहरीमा काबिल अफिसरको रुपमा […]
(ABC=SANCHAR) काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई नगर्न सरकारलाई दवाव दिएका हुन्। बुधबार काठमाडौंमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्धी कार्यशाला’मा बोल्दै उनले पत्रकारिता क्षेत्रबाट सही सूचनाको अपेक्षा गर्ने हो भने राज्यले त्यसलाई सिकाउनका लागि मेकानिजम बनाउने काममा आलटाल गर्न नहुने स्पष्ट पारे। […]
(ABC=SANCHAR) धरान । ठुला राजनीतिक दल नेकपा (एमाले) र नेपाली काँग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महँगो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका […]
(ABC=SANCHAR) काठमाडौं । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले पाँच सचिवको सरुवा गरेको हो । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । नेपाल ट्रष्टमा कार्यरत गोपाल सिग्देललाई नेपाल ट्रष्टबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, खानेपानी […]
ABC (क्राईमबिट) बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्षामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । कोहलपुर नगरपालिका १२ चपरगौडी निवासी एक व्यक्ति मृत अवस्थामा भेटिएका हुन्। उनी जबरजस्ती करणी मुद्दामा पक्राउ परेका थिए ।
(ABC=SABCHAR) काठमाडौं । सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका–८ शैलुङगेश्वरी ठेगाना भएका ३५ वर्षीय उत्सव श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, सामाजिक संजाल वाट्सएप, ईमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो, अमेरिकाबाट […]