ABC (क्राईमबिट) बर्दिया । मदिरा पिएर चालकले चलाएको टिप्परको ठक्करबाट दुई जनाको ज्यान लिनुका साथै अन्य दुई स्थानीयलाई गम्भीर घाइते बनाएपछि बिहानैदेखि मैनापोखर क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीयहरुले मृतकका आफन्तलाई उचित क्षतीपूर्ती, घाइतेको उपचार र चालकलाई हदैसम्मको कारबाही लगायतका माग राख्दै आन्दोलन उत्रिएका छन् । उनीहरुले मैनापोखर, भोलागौडी, सिमरा लगायतका क्षेत्रका सडकमा उत्रिएका बिहानैदेखि […]
ABC (क्राईमबिट) काठमाडौं । विसं २०५८ माघ ११ गते प्रलोभनमा पारी एक महिलालाई बहराइनमा बिक्री गर्ने कार्यमा संलग्न खोटाङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने चन्द्रदीप राईलाई प्रहरीले पक्राउ गरेको हो । उनले महिलालाई अस्पतालमा बिरामीको स्याहारसुसार गर्ने काममा पठाइदिने भनी प्रलोभनमा पारी बहराइन पठाएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले […]
ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज १५ पिप्रहवा सीमा नाकाबाट डेढ क्विन्टल माछा तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल पक्राउ गरेको छ । पक्राउ गरिएको ३७ हजार ५ सय रुपैयाँ मूल्य बराबरको माछा क्वारेन्टाइन कार्यालय बुझाई नष्ट गरिएको र ५० हजार रुपैयाँ […]
(ABC-Sanchar) बाजुरा । कर्णाली करिडोर राजमार्गको स्तरोन्नोति भएपछि सुर्खेत काँक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेशको ०२ ख ०१७६ नम्बरको बस पहिलो पटक सोमबार पिलुचौर बजारमा पुगेको हो। कालिकोट जिल्लाको कालिका गाउँपालिका कालेखोला र खुलालु जोड्ने पक्की पुल निर्माणपछि सुर्खेतदेखि कर्णाली राजमार्गमा बस सेवा सुचारु गरेको चालक सन्दीप लामिछानेले बताएका छन्। कोलिकोटको नरहरी नाथ ८ खुलालू लाली […]
(ABC-Sanchar) सप्तरी । राजविराज नगरपालिका वडा नं ७ मा संचालित छिन्नमस्ता साबुन उद्योगमा मंगलबार आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ। सप्तरी बोदेबरसाईन नगरपालिका ३ बस्ने सुनिल कुमार साह र सोही ठाउँ बस्ने प्रमोद कुमार साहले संयुक्त रूपमा संचालन गर्दै आएको साबुन फैक्ट्रीमा विद्युतीय लाइन सर्ट भई आगलागि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता […]
(ABC-Sanchar) काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । इन्डियन आयल […]
(ABC-Sanchar) काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा स्थानीय तहसम्म उपसचिवहरुको सरुवा गरेको हो । कतिपय बढुवापछि पदस्थापन समेत भएका छन् ।
(ABC-Sanchar) काठमाडौँ । सामाखुसी स्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र उनका समर्थकले निर्घात कुटेका छन् । विवादको क्रममा हात हालाहाल हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । वैदेशिक रोजगार सम्बन्धी विषयमा विवाद हुँदा मेनपावर सञ्चालक र समर्थक युट्युबरमाथि जाइलागेका थिए । कुटपिटबाट मेचिङ नेपाल च्यानलमा […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिकाको बजार क्षेत्रमा जथाभाबि पार्किङ गरी राखेका मोटरसाईकल ठेलागाडालाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले थप ब्यबस्थित गरेको छ । नेपालगन्ज बजारको बिभिन्न स्थानहरुमा जथाभाबी पार्किङ गरि राखेका सवारी साधन मोटरसाईकल स्कुटी अटो, ठेलागाडाहरुलाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँके कोहलपुर र नेपालगन्ज ट्राफिकले निश्चित स्थानमा पार्किङ गर्न लगाउँदै ब्यवस्थित गर्दै आएको […]
(ABC-Sanchar) बाँके । मंगलबार नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । पराजय भोग्ने डरले पाँच दलिय गठबन्धन सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्न ढिलाई गरेको विरोधमा युवा संघले नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेको बाँके इन्चार्ज खेम शर्माले बताए । एमाले पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस विपी चोकमा पुग्नै लाग्दा प्रहरीले बल प्रयोग गर्दा सो […]