१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

बाँके प्रहरीले सुपारीसहित २ जना तस्करी नेपालगन्जबाट पक्राउ

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका १० ट्राफिक चोकबाट आज एक सय ५५ किलो सुपारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भे १ क १८२४ नम्वरको अटोमा ८५ किलो र भे १ क १२१९ नम्वरको अटोमा ७५ किलो सुपारीसहित भारत बहराइचस्थित नानपारका २८ वर्षीय इरफान राइ र ३८ वर्षीय मोहम्मद सइदलाई पक्राउ गरिएको न्यौपानेको […]

ABC (क्राईमबिट) डोटी । कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ। पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो। घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याइ जबरर्जस्ती करणीसमेत गरेको […]

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज (मंगलबार) आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको […]

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले करिव १२ क्विन्टल अवैध कुखुरा बरामद गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । नरैनापुरका विभिन्न खुलासीमा नाकाबाट भारतीय कुखुरा अवैधरुपमा नेपाल भित्रिने गरेको किसानहरु बताउँछन् । प्रतिबन्धित खुकृुरा तस्करहरुले रातको समयमा सहजरुपमा भित्र्याइरहेको स्थानीयहरुको गुनासो छ । स्थानीयहरुले खुलेआम कुखुरा तस्करी […]

ABC (क्राईमबिट) काठमाडौं । कोभिड १९ संक्रमण रोकथामका लागी फ्रन्टलाइनमा खटिने प्रहरी कर्मचारीलाई अनिवार्य खोप लगाउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ । माघ १७ सम्ममा ७० हजार ७० जनाले पहिलो डोज खोप लगाएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । प्रवक्ता केसीका अनुसार २७ हजार ५५ जना प्रहरी कर्मचारीले बुस्टर डोज […]

(ABC-Sanchar) काठमाडौं । खोप कार्ड अनिवार्य गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी […]

(ABC-Sanchar) मोरङ। जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा–५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो । कुखुरामा फेला परेको बर्डफलू रोग (एचपीएआई, एचफाइभएनवान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको […]

ABC (क्राईमबिट) काठमाडौँ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै आज बिहान प्रदर्शन गरेको थियो । प्रहरीले फेकोफनका अध्यक्ष […]

ABC (क्राईमबिट) सुर्खेत । इलाका प्रहरी कार्यालय छिन्चुले एक हजारका नौ वटा नेपाली नक्कली रुपैयाँ र लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का २६ आशिष बैगार, २१ वर्षीय विवेक विक र भेरीगंगा नगरपालिका–९ का २४ वर्षीय प्रमोद गुरुङ छन्। ‘नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ००२००१ ख ००६३ नम्वरको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका कर्मचारीले अब पिटी जुत्ताको सट्टा स्पोटर्स जुत्ता पाउने भएका छन् । पिटी भन्दा स्पोटर्स जुत्ता प्रहरीका लागि सजिलो र आरामदायक हुने निष्कर्ष निकाल्दै प्रहरीले प्रहरी नियमावली नै संशोधन गरेर यससम्बन्धि प्रावधान हेरफेर गरेको हो । गत १० माघमा राजपत्रका प्रकाशित प्रहरी नियमावली अनुसूचि हेरफेरको सूचनामा पिटी जुत्ताको सट्टा स्पोटर्र्स […]

error: Content is protected !!