१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

अरुको नक्कल सार्ने पत्र-पत्रिकालाई प्रेस काउन्सिलको कारबाही हुने

(ABC-Sanchar) काठमाडौं । प्रेस काउन्सिल नेपालले विगत २ आर्थिक वर्षको पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । पछिल्लो वर्षको वर्गीकरणमा ४५ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी आ.व. २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको जनाएको हो […]

(ABC-Sanchar) दाङ । निर्माण कार्य पटक पटक अलपत्र हुदैराही तुलसीपुर फोरलेन सडक कामको फेरी रोकिएको छ । गएको मंसिर ११ गते घोराहीमा सडक कार्य सुुभारम्भ भनि तामझामका साथ काम गर्ने प्रतिबद्धता जनाएको निर्माण कम्पनीले फेरी काम अलपत्र पारेको छ । तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डेले पेटी ठेकेदारलाई हटाई आफैले एक […]

ABC (क्राईमबिट) कंचनपुर । लालझाडी गाउँपालिका २ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडामा रामविलासले बन्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शंकरपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

ABC (क्राईमबिट) बाँके । राप्तीसोनारी गाउँपालिका ८ घर भई हाल नेपालगन्ज ४ बस्दै आएका तुलाराम खत्रीको यही माघ १४ गते बसपार्क नजिक रहेको होटेल दाजुभाईमा पार्किङ गरिराखेको भे. ९ प ४८६१ नम्बरको मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएको सूचना पाएपश्चात् वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उक्त मोटरसाइकललाई हिजो नेपालगन्ज १८ सुर्जीगाउँ जाने […]

(ABC-Sanchar) पोखरा । सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो। चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड (१९ का कारण विमानस्थल निर्माणको […]

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट लागू औषध नियन्त्रणमा व्युरोको संयुक्त टोलीले सोमबार दिउँसो सवा एक बजे नेपालगन्ज १० गणेशमान चोक नजिकबाट २ जनालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। जिल्ला प्रहरी बाँकेका अनुसार जानकी गाउँपालिका २ का २८ वर्षीय पारसमणि बर्मा सोही स्थानकै २६ वर्षीय ओमप्रकाश […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-६ नयाँ बस्तीस्थित दोलाखा सैलुङ गाउँपालिका घर भएका ३० वर्षीय सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिङ्गो खेलिरहेको अवस्थामा सागर घिसिङ समेत ६६ जना पुरुष र ८ जना महिला गरी ७४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्नुकर हाउसमा हार जित हुनेगरी बिङ्गो खेलाईरहेको भन्ने सूचनाको आधारमा […]

(ABC-Sanchar) दाङ । कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यसाथ २१ गतेसम्मका लागि विद्यालय खुलेका हुन् । विद्यालय खुलेपछि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिने भएको छ । घोराहीबाहेकका नौ पालिकाका बालबालिकालाई पहिलो […]

(ABC-Sanchar) बाँके । माघ पहिलो सातासम्म भारतबाट घर फर्किनेको चाप निकै बढेको थियो । कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा दुवै नाकाबाट दैनिक एक/एक हजार बढीको संख्यामा नेपालीहरू घर फर्किरहेका थिए । घर फर्किने अधिकांशमा संक्रमण पनि देखिने गरेको थियो । एक सातायता भारतबाट घर फर्किनेको संख्या आधाले घटेको छ । भारतमा कोरोना संक्रमणको दर निरन्तर […]

ABC (क्राईमबिट) पोखरा । अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित पोखराबाट रमेश सुनार पक्राउ परेका छन् । काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा–३० पावरहाउसबाट शनिबार राति उनी पक्राउ परेका हुन् । अवैधरुपमा सुनको ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय गगनगौंडाबाट संयुक्त टोली खटिएको थियो । […]

error: Content is protected !!