१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

रुपन्देहीमा १ युवती बलात्कारमा संलग्न २ युवक पक्राउ

ABC (क्राईमबिट) भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिका १३ का २० वर्षीय गणेश यादव र सोही स्थानका २६ वर्षीय सुवास यादव रहेका छन् । प्रहरीले गणेशलाई घटनास्थलबाटै पक्राउ गरेको छ भने सुवासलाई ६ घण्टापछि पक्राउ गरेको हो । गणेशलाई लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित पिपराको खाली खेतबाट पक्राउ गरिएको हो भने सुवासलाई शुक्रबार राती साढे ११ बजे लुम्बिनी […]

(ABC-Sanchar) बाँके । भारतबाट घर फर्किने नेपालीको नाकामै एन्टिजेन परीक्षण गरिन्छ । संक्रमण देखिए उनीहरूलाई नाकाबाटै महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिन्छ । संक्रमण नदेखिएकाहरू घरतर्फ लाग्छन् । कोरोना संक्रमण रोकथामका लागि नाकामा परीक्षणमा कडाइ गरिए पनि जिल्लाभित्र भने निकै लापरबाही भएको देखिन्छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको राजधानी काठमाडौंलगायत अन्य जिल्लाबाट आउनेहरूलाई सामान्य चेकजाँचसमेत […]

(ABC-Sanchar) काठमाडौं । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ । भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ। जकार्ता समय (०२२६) बिहान ९:२६ मा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिणपूर्वमा र […]

(ABC-Sanchar) काठमाडौं । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक बिदा गर्ने निर्णय बैठकले गरेको हो। बैठकपछि मुख्य सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा आइतबार देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ।

ABC (क्राईमबिट) बाँके । जाजरकोट स्थायी घर भई हाल नेपालगञ्जमा डेरा गरी बस्ने किशोरीको अपहरणपछि बलात्कार भएको हो । किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर २ पुल्चोकमा तीन जना केटा साथीसंग फोटो खिचाइरहेकी किशोरी अपहरणमा परेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले […]

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लामा एसपी र डिएसपी हेरफेर गर्न लागिएको हो । दुई साताअघि विभिन्न जिल्लाका एसपीको सरुवा भएपनि थप जिल्लामा सरुवा गर्न लागिएको छ । चितवन, महोत्तरी लगायत जिल्लाका एसपीको एक वर्षको कार्यकाल पुगिसकेको छ । चितवनका एसपी ओम अधिकारीको एक वर्ष पुगेको हो । चितवन सरुवा हुन एक दर्जन […]

(ABC-Sanchar) काठमाडौं । यमनी जेलमा भएको हवाई आक्रमणमा सय जनाभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा दुई सय जनाभन्दा धेरै घाइते भएका उद्धारकर्ताले बताएका छन् । उद्धारकर्मीले आक्रमणपछि ध्वस्त भएका जेलका भवनबाट क्षतविक्षत शव निकालेर थुपार्दै गरेका तस्बिर सार्वजनिक भएका छन् । सादा सहरका दुई अस्पतालमा उनीहरुको उपचार भइरहेको र गम्भीर घाइतेको सङ्ख्या धेरै भएकाले […]

ABC (क्राईमबिट) हेटौँडा । मकवानपुरका विभिन्न स्थानबाट तोकिएको भन्दा बढी वजन/ओभरलोड बोक्ने ९७ टिपरलाई प्रहरीले कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गमा गरेको प्रहरी चेकमा ओभरलोड बोक्ने टिपरलाई कारबाही गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–११ […]

ABC (क्राईमबिट) काठमाडौं । बुढानीलकण्ठ नगरपालिका २ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ–१९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगन्जले २७ जना स्टाफ नर्स र १० जना सहयोगीको लागि करारमा भर्ना खोलेको छ । शुक्रबार एक सूचना प्रकाशित गरेर नेपाल प्रहरी अस्पतालले कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारको साथसाथै अन्य विरामीहरु पनि उपचार गर्नको लागि करारमा नयाँ भर्ना खुलाएको हो ।

error: Content is protected !!