(ABC-Sanchar) नवलपरासी । बर्दघाट सुस्तापूर्वमा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ। जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विनयी त्रिवेणी क्षेत्रमा निकुञ्जबाट तीन हात्तीसहितको टोली परिचालन गरिएको बताए। […]
ABC (क्राईमबिट) पर्सा । वीरगन्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगन्ज–३ छप्कैया बस्दै आएका मियाँको हत्या भएको अनुसन्धानपश्चात् खुल्न आएको हो । आपसी झगडा हुँदा […]
(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका ७ मा रहेको बाह्रकुने दहमा प्रतेक बर्ष लाग्ने मेला लाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय घोराहीले विशेष सुरक्षा योजना अघि सारेको छ । दह मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक हिर्देश सापकोटाले बताए पर्यटकिए एवं धार्मिक […]
(महेन्द्र सिंह) बाँके। जिल्ला प्रहरी कार्यालय बाँके र आपतकालिन परिचालन बाँकेको समन्वयमा हिरासत कक्षमा रहेका थुनुवाहरुलाई ५० थान कम्बल बितरण गरिएको प्रहरीले जनाएको छ। बाँकेमा बढिरहेको जाडो मौसमलाई मध्यनजर गर्दै पुस् २९ गते विहिवार जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा रहेका थुनुवाहरुलाई रजै कम्बलहरु बितरण गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले […]
(ABC संचार ब्युरो) बाँके । सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार यहाँका १७ वटा उक्त उद्योगहरुले मापदण्ड पालना गरेका छैनन् । जिल्लामा सञ्चालन भएका २२ वटा उद्योगमध्ये अहिले पाँचवटा बन्द अवस्थामा छन् भने १७ वटा क्रसर तथा […]
ABC (क्राईमबिट) काठमाडौ । उपत्यकाको जनसंख्या करिब ५० लाख छ । ७७ वटै जिल्लाका सर्वसाधरणको आउजाउ हुने राजधानीको जनघनत्व विस्तार हुनेक्रम झनै बढ्दो छ । कामकाजको शीलशीलामा डेरा लिएर होस् वा घर नै बनाएर धेरै जिल्लाका सर्वसाधरण काठमाडौंमा बसिरहेका छन् । यो ऋंखला शान्ति सुरक्षामा अहोरात्र खटिने सुरक्षा निकायका लागि भने टाउको दुःखाइको विषय बनेको […]
ABC (क्राईमबिट) धनगढी । दार्चुलामा प्रहरी चौकीमा नै प्रहरीहरूबीच झडप हुँदा एक प्रहरी हवल्दार घाइते भएका छन्। बुधबार राति करिब ८ बजे मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो। सवारी साधन चेकजाँचको विषयलाई लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद बढ्दै गएपछि […]
(रवि वर्णवाल) पर्सा । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवी रहेकी छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त चरेशसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको […]
(ABC-Sanchar) धादिङ । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए । ‘चालक, सहचालक र बाटो समितिका एक जना […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारमात्रै जमुनाह नाकामा […]