(ABC-Sanchar) रुपैन्दी । बुटवलमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार राति (शनिबार बिहानै) पौनै २ बजे पश्चिमबाट बुटवल आउँदै गरेको बा ४ ख ९४५९ नम्बरको टिप्पर नेपालगञ्जरोड, बुटवलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते २ को लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय ,बुटवलले जानकारी दिएको छ […]
(ABC-Sanchar) काठमाडौं । आफूहरुको माग पूरा नभएको भन्दै यातायात व्यवसायीहरुले स्वघोषित रुपमा भाडा बढाएका छन् । नेपाल सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धिको निर्णय गरेपनि प्रदेश सरकारले उक्त दरलाई मान्यता नदिएको भन्दै आफूहरुले भाडा बढाएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले जानकारी दिए । व्यवसायीहरुले सवारी साधनको नयाँ भाडादर तोकेपछि ट्राफिक प्रहरीले […]
(ABC-Sanchar) बाँके । जंगलमा गाइबस्तु चराउन पुगेका स्थानीयलाई पाटे बाघले घेरा हालेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरमा पाटेबाघले मान्छेलाई घेरेको छ । वन, जंगलमा पशु चौपाया चराउन गएका स्थानीयलाई बाघले घेरेका हुन् । बाघबाट घेरिएका स्थानीय आफ्नो ज्यान जोगाउन अहिले रुखमा चढेर बसेको स्थानीय वासिन्दा चन्दा लामाले नागरिक न्यूजलाई जानकारी दिईन् । उनले […]
(ABC-Sanchar) काठमाडौँ । गृह मन्त्रालयले एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । शुक्रवार साँझ अबेर गरी गरेको सरुवा सूची भने अझै गोप्य राखिएको छ । प्रशासन उच्च स्रोतका अनुसार कास्कीमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ भने रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य […]
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले चाडपर्वमा हुन सक्ने सम्भावित घटना प्रति सजक रहन र व्यक्तिगत सुरक्षामा विषेश ध्यान दिन नागरिकहरुलाई अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक अपिल जारी गर्दै दशै, तिहार र छठ पर्वमा हुन सक्ने कुनै पनि अपराधिक घटना प्रति सचेत रहन र […]
ABC (क्राईमबिट) दाङ । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं. ९ का मृथ्वी पुनकी छोरी ११ वर्षिया अनिसा र जालन्दर कार्कीकी छोरी १२ वर्षिया विपना कार्की आज विहान दाङ घोराहीको नयाँ बसपार्कमा फेला परेका हुन । उनीहरुलाई अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कले शुक्रबार विहान ८ बजे फेला पारेको थियो । उनीहरु हिजो साँझ ५ बजे घरदेखि […]
(सागर रोका) दाङ । तुलसीपुर १७ निवासी पेशाले राम कुमार घर्ती शिक्षक हुनुहुन्छ । उहाले दिपेन्द्र मा.वि मानपुरमा कक्षा १० सम्म अंग्रेजी विषय पढाउँदै आउनु भएको छ् । उहाले शिक्षक पेशासँगै आफ्नै दाङ जिल्ला तुलसीपुरमा १७ मा रहेर पहिलो पटक आधुनिक प्रविधि बायोफ्लकबाट माछा पालन शुरु गर्न लाग्नु भएको छन् । गत चैत महिनादेखि सुरु […]
ABC (क्राईमबिट) दाङ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल र उपाध्यक्ष केशबराज पोख्रेलले अस्थायी ट्राफिक प्रहरी पोस्टमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । कोरोना भाइरसको संक्रमण घट्दै गरेपनि जोखिम कायमै भएको भन्दै संक्रमणबाट बच्नका लागि सामाग्री प्रदान गरिएको अध्यक्ष खनालले बताउनु भयो । दशैं तिहार नजिकिए संगै भिडभाड पनि बढ्दै गएको […]
(सागर थापा) कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका ३ जना गोताखोर प्रहरीहरुलाई सम्मान स्वरुप प्रशंसा-पत्र प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालयमा शनिबार आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्र कार्की, सशस्त्र प्रहरी जवान हरिश भट्ट र सशस्त्र प्रहरी जवान […]
(ABC-Sanchar) काठमाडौं । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी […]