१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

समाचार

नारायणी नदिले सतर्कता पार गर्यो, उच्च सतर्कता अपनाउन आग्रह

(ABC-Sanchar) चितवन । नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ। नारायणी नदीले देवघाटस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नदी […]

(ABC-Sanchar) काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ। आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो। नदीको बहाव बढेसँगै अहिले ब्यारेजका ३८ वटा ढोका खुल्ला […]

दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिनोद सिंहमाथि कालो मोसो दलिएको घटनाले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई आन्दोलित बनाएको छ। उक्त घटनाको बिरोधमा स्वास्थ्यकर्मीहरुले उपचार छोडेर सडक आन्दोलन थालेका छन्। गत शुक्रबार एमाले निकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार नेतृत्वको युवाको समूहले डा. सिंहमाथि उनकै कार्यकक्षमा प्रवेश गरि कालोमोसो दलेको थियो। घटना भएको ३ दिन […]

(ABC-Sanchar) बिरगंज । हरेक वर्ष धूमधामले मनाउदै आएको श्री कृष्णजन्माष्टमी यस वर्ष पनि ज्ञानदा एकेडमीले धूमधामले मनाउन सफल भएको छ । कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानबाट भएको थियो भने स्वागत मनतव्य ज्ञानदा एकेडमीका शैक्षिक प्रमुख श्रीमती सन्ध्या वशिष्ठले गर्नु भएको थियो । वहाँले आफ्नो मनतव्यमा यस प्रकारका कार्यक्रमले नयाँ पिढिहरुमा आफ्नो संस्कृति र पराम्पराप्रति गहिरो सम्बन्ध […]

(रवी वर्वाल) बिरगंज । अवैध हुण्डी रकम सहित प्रहरीले पर्साको बीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ घर भएका ५० वर्षीय रामपुकार पटेल छन् । हुण्डी रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई जानकीटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी […]

(ABC-Sanchar) बुटवल । ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ। वडा नं. ३ को ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको छ। पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन् । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय क्षति नभएको […]

ABC (क्राईमबिट) बर्दिया । वेवारिसे अवस्थामा फेला परेका सामान प्रहरीद्वारा बरामद गरीएको छ । भदौ १२ गते प्रहरी चौकी गणेशपुर बर्दियाको गस्ती टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.११ गणेशपुर स्थित सडक बाटो छेउबाट सो सामान बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा छोडिएका अन्दाजी मुल्य रू. १७हजार ९० बराबरका साईकलका सामानहरु […]

(ABC-Sanchar) काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा गएको दुई वर्षमा अधिकतम ७३.२७ प्रतिशतले यात्रु घट्न पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका अनुसार गत सन् २०१९ मा अन्तर्राष्ट्रिय उडान तर्फ कुल ४१ लाख ३८ हजार ५६३ जनाले हवाई यात्रा गरेकोमा सन् २०२० मा यस्तो संख्या अधिकतम ७३.२७ प्रतिशतले घट्न गई ११ […]

(ABC-Sanchar) काठमाडौं । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका हात्ती लामो अवधिसम्म नेपालमै बसिरहँदा स्थानीयवासीमा त्रास बढेको मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शङ्कर लुइँटेलले बताए ।   भारतको सुकुना […]

ABC (क्राईमबिट) काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा वन्यजन्तुका अंगसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्यास नगरपालिका ५ पतेनीस्थित पक्की पुल नजिकैबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंगसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–६ सिरूबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दी बस्ने ४० वर्षीय […]

error: Content is protected !!