ABC Sanchar काठमाडौँ । प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट तीन लाख १२ हजार नेपाली र पाँच हजार दुई सय भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । भारतको रक्सौलबाट भारतीय नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेका भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना सुगौली बस्ने २५ वर्षीय सोनु साहलाई स्रोत नखुलेको उक्त नेपाली र […]
ABC Sanchar विराटनगर । प्रदेश नम्बर १ को सार्वजनिक लेखा समितिले सवारी लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टर निजी क्षेत्रलाई जिम्मा दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकले निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो । समिति सभापति शिवनारायण गनगाईका अनुसार […]
ABC Sanchar दाङ । घोराहीस्थित राप्ती कपाँस उद्योगमा आगलागी भएको छ । सोमबार दिउँसो साढे ४ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १५ मा सुकलाल रावतले सञ्चालन गरेको कपाँस उद्योगमा आगलागी भएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बिद्युत सर्ट भइ आगो लाग्दा झन्डै २५ लाख बराबरको माल सामान जलेर नष्ट भएको अनुमान गरिएको […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले सदैव साधारण जीवनशैली अवलम्वन गरी नागरिकलाई उच्चतम सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत प्रहरी कर्मचारीहरु तथा सोही महाविद्यालयमा विभिन्न तालिमहरुमा तालिमरत प्रशिक्षार्थीहरुलाई सोमबार निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् […]
(महेन्द्र सिंह) काठमाडौं । महानरगपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका-१४ कुलेश्चर बस्ने नुवाकोट बिदुर नगरपालिका-१३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका- ६ घर भएका २७ वर्षीय सुमन थापा […]
(महेन्द्र सिंह) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारि निर्बाह गर्ने एक प्रहरी निरीक्षक सहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ । सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक पुरुषोत्तम कार्की, प्रहरी नायव निरीक्षक कृष्ण प्रसाद पौडेल, प्रहरी सहायक निरीक्षक शंकर प्र. मैनाली, प्रहरी हवल्दार शम्भु बिश्वकर्मा, यस्तै प्रहरी जवानहरु बिनोद गोतामे, […]
(महेन्द्र सिंह) काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाण्डौंबाट दुवई जान लागेको यात्रुले सुटकेश भित्र श्रोत नखुलेको तथा भन्सार उद्घोष (Declare) नगरेको जम्मा नेपाली रुपैयाँ १०,००,०००।–(दश लाख मात्र) लुकाई छिपाई अबैध रुपमा लैजान लागेको अवस्थामा X-ray Operator को रुपमा ड्यूटी खटिएको समयमा नियन्त्रणमा लिन सफल भई अबैध ओसार-पसार नियन्त्रणमा महत्वपूर्ण भुमिका खेली आफ्नो ड्यूटी समयमा तोकिएको […]
ABC Sanchar काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि चौतर्फी हमलाको प्रयाश भएको बताएका छन्। सोमबार गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ज्यान नै तलमाथि भएपनि अनौठो नमान्न आग्रह गरे। ‘सम्पूर्णरूपमा ममाथि प्रहार अत्यन्तै तीव्र गतिले केन्द्रित छ। ममाथि कुनै शारीरिक हमला नै भयो, मेरो ज्यान नै तल-माथि भयो भने […]
ABC (क्राईमबिट) विराटनगर : राजस्व अनुसन्धान कार्यालय इटहरी (सुनसरी)को टोलीले असार २९ गते ना.६ ख ८३१२ नम्बरको ट्रक नियन्त्रणमा लियो। कपडा ओसारपसारमा नक्कली बिलविजक प्रयोग गरेको भेटियो। त्यसपछि विराटनगर–१८ खोक्साका २३ वर्षीय सुभाष कामत पक्राउ परे। अनुसन्धान गर्दै जाँदा विराटनगर–६ का ५८ वर्षीय दीपक शर्मा, उनकी पत्नी ५६ वर्षीया मञ्जु शर्मा र छोरी २८ वर्षीया […]
(राकेश श्रेष्ठ) चितवन । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका […]