ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो । नामावली
(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज एयरपोर्टमा विमान दुर्घटनाको कृत्रिम घटना अभ्यास जारी रहेको छ। विमान दुर्घटना भइहालेमा गर्ने कार्यहरुकोबारेमा कृत्रिम घटना अभ्यास गरिएको हो । विमानस्थलमा विमान दुर्घटना हुन्छ । तत्काल दमकल पुगेर आगो निभाउँछ । सुरक्षाकर्मीहरु गएर घाइतेहरुको उद्धार गर्छन् । एम्बुलेन्समा हालेर अस्पताल पठाउँछन् । विमानस्थल परिसरमै शुक्रबार यस्तो कृत्रिम घटना अभ्यास गरिएको […]
ABC Sanchar काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएको […]
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले सुचना आदान प्रदानमा पत्रकारहरुलाई महत्वपुर्ण सहगयोग गर्ने (एबिसी संचार) र (खबर 24 नेपाल) संग कुराकानीमा बताएका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहेका डिएसपी रिजालले पत्रकारहरु देशका महत्त्वपूर्ण खम्बा भएकाले आगामी दिनहरुमा पत्रकारहरुसंग नजिक रहेर जनताको […]
ABC Sanchar काठमाडौं । नेपाल सरकारलले प्रेस काउन्सिल नेपालमा चार सदस्य नियुक्त गरेको छ । नियुक्त हुनेमा दोलखाका चिरञ्जिवी मास्के, कञ्चनपुरका हरिप्रसाद जोशी, झापाका गणेशप्रसाद पोखरेल र दाङका शरदप्रसाद अधिकारी रहेका छन् । चारै जनालाई प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम मनोनयन गरिएको हो ।
ABC Sanchar काठमाडौं । मोडल तथा नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ। शाह हाल नयाँ म्युजिक भिडियो सुटिङका लागि धरानमा छन्। आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्। उजुरी परेपछि दुवैपक्षलाई प्रहरीले छलफलका लागि बोलाएको छ। म्युजिक भिडियोको सुटिङका […]
ABC (क्राईमबिट) काठमाडौँ । औषधि व्यवस्था विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी २ लाख घूससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग २ घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान इकाई इटहरीको टोलीले सुवेदीलाई विराटनगर महानगरपालिका ३ को एक होटल नजिकबाट बिहीबार दिउँसो नियन्त्रणमा लिएको मोरङका अख्तियारको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । घूससहित […]
(महेन्द्र सिंह) बाँके । नेपालका आन्तरिक विमानस्थलमध्ये नेपालगन्जको राँझामा वृहत आपतकालिन पूर्वअभ्यास गरिने भएको छ । विमानस्थल क्षेत्र भित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस प्रकारको काम गरिन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर शुक्रबार १० देखि साढे १० बजेको बीचमा विमानस्थलमा यस्तो […]
(महेन्द्र सिंह) बर्दिया।सशस्त्र प्रहरी बर्दियाले एक लाख बढीको अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया र मातहतका इकाईहरुबाट खटिएको सीमा गस्ती र पिकेट टोलीले भारतबाट चोरी पैठारी गरी आज नेपालतर्फ भित्र्याउँदै गरेको भाँडावर्तन, सुर्तीजन्य पदार्थ, मोटर पार्ट्स र किराना सामान बरामद गरेको हो । बरामद गरिएका सामग्री […]
(महेन्द्र सिंह) बाँके प्रहरीले विशेष सूचनाका आधारमा बैजनाथ गाउँपालिका वडा नं. २, तिलकपुर बस्ने पूर्णबहादुर थारुलाई दश किलो हात्तीको दाँतसहित एकजना पक्राउ गरेको छ । थारुले घर पछाडी रहेको शौचालयको सेफ्टी ट्यांकीछेउमा निलो प्लाष्टिकमा लपेटी सेतो बोराभित्र २९ इन्च लम्बई, दश किलो तौल भएको हात्तीको दाँत राखेका थिए । थारुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन […]