ABC क्राईमबिट काठमाडौं सशस्त्र प्रहरी बल (एपीएफ)को इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट ४ जना लागू औषध तस्करलाई पक्राउ गरेको छ । स्थानीयस्तरमा लागू औषध तस्करी हुने गरेको सूचनाका आधारमा एपीएफको इन्टेलिजेन्स ब्यूरोको टोलीले ललितपुरको गोदावरी नगरपालिका–१५ हात्तीवन चोकबाट ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भएका मनिष मगर, मकवानपुरका सविन आलेमगर, तनहुँका अजितकुमार श्रेष्ठ […]
तेज वली दाङ सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो । कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा […]
(ABC क्राईमबिट) काठमाडौं प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी र प्रहरीको छविमा आमूल परिवर्तन आउने भएकोले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बुधबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित १-१८०औं समूह (पोष्ट ग्रेजुएट डिप्लोमा इन […]
सिमा गुरुङ भैरहवा आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन् । वैदेशिक […]
महेन्द्र सिंह बर्दिया सशस्त्र प्रहरीलाई विशेष सूचनाको आधारमा सहायक प्रहरि निनिरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सीमानामा पर्ने गुलरिया नगरपालिका–१, १० नम्बर गाँउबाट उक्त परिमाणको लागु औषध सहित रुकुम खलङ्गा बाफीकोट गाउँपालिका–८ डुले निवार्सी ३८ बर्षीय निर्मला बाठा मगरलाई पक्राउ गरेको हो । स्थानीय बुद्धि दमाईको घरमा चरेस लुकाएर राखिएको जानकारीका अधारमा गएराती […]
महेन्द्र सिंह बाँके हिन्दुहरुको महान चाड दसँैको मुखमा चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत परवाह नगरि रोजगारीका लागि भारत जानेहरुको नेपाल भारत सिमानाकामा लर्को लागेको छ । विगतका वर्षमा यो बेला चाड मनाउन फर्किने नेपालीको संख्या अत्यधिक हुने गरेकोमा यस वर्ष चाडको मुखमा नै कमाउन भारत जानेको संख्या जमुनाह नाकामा अत्यधिक छ । यहाँस्थित […]
महेन्द्र सिंह दाङ बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ भगरैया बस्ने अन्दाजी २९ वर्षीया गंगा बुढालाई घाँस काट्ने क्रममा बुधवार अपरान्ह सवा ४ बजे पाटेबाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । उनको शव दशगजाबाट एक सय मिटरभित्र भारततर्फको जंगलतिर पुर्याएको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको हो […]
ABC Sanchar काठमाडौं पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको छ। २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ताम्रपत्र अनावरण गरी आज उद्घाटन गरेकी हुन्। त्यसअवसरमा राष्ट्रपतिले नेपाल तथा भारतका विभिन्न तीर्थस्थलहरुबाट ल्याइएको जल रानीपोखरीमा चढाएकी थिइन्। राष्ट्रपतिले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा प्राणप्रतिष्ठा पुजा गरेकी थिइन्। कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी […]
राकेश श्रेष्ठ चितवन ३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका-८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चितवन राप्ती नगरपालिका-५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले […]
ABC Sanchar पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्शेर राणा नेतृत्वको अनुगमन टोलीले मङ्गलबार […]