०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

बाँकेमा चार दिन लकडाउन थपियो

महेन्द्र सिंह बाँकेका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले उक्त निर्णय गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना देखिएकाले थप चार दिन निषेधाज्ञा बढाइएको जानकारी दिनुभयो । थपिएको निषेधाज्ञा शनिबार रातीसम्म जारी रहने छ । ५ दिनमा ६२ जना कोरोना संक्रमित थपिएपछि स्थानीय प्रशासनले […]

महेन्द्र सिंह बाँकेमा निषेधाज्ञा आज सकिदै गर्दा थप्ने कि हटाउने भन्नेबारेमा अधिकारीहरुले निर्णय गर्दैछन् । दिउँसो एक बजे जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्दैछ । त्यो बैठकले निषेधाज्ञा हटाउने कि थप्ने भन्ने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । ‘म त केही दिन बढाउने पक्षमा छु । हेरौं, बैठकले […]

एबिसी संचार जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । भेला तथा बैठक सञ्चालन गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च […]

महेन्द्र सिंह बाँके विगतमा मालपोत भूमि सुधारलगायत ठाउँमा बम विष्फोट गराएका र अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढ पक्राउ परेका छन् । उनी सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह) मा रहदा हत्या, अपहरण, बम विष्फोट तथा फिरौतीका घटनामा संलग्न रहेको उजुरी रहेका छन् । केही घटनामा उनलाई अदालतले कैद र जरिवानाको […]

सागर थापा/बिदुर एमसी विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको महामारीको समयमा पनि अाफ्नाे इन्धन डिपोबाट अाम उपभोक्ताहरुलाई निरन्तर सेवा प्रवाह भएको नेपाल आयल निगम बाँकेका कार्यालय प्रमुख नवविनाेद पाेख्रेलले बताएका छन् । हप्तामा प्राय सबैजसाे दिनहरूमा अाफ्नाे इन्धन डिपोबाट सैयौ ट्याङ्करहरुबाट इन्धन ढुवानी हुने भएकोले उपभोक्ताहरुकाे मागअनुसार अापूर्ति गर्न सम्भव भएको हाे । भारतकाे उत्तर प्रदेशको […]

एबिसी क्राईमबिट काठमाडौं गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो । गृह मन्त्रालयमा शान्तिसुरक्षा महाशाखा प्रमुख नै प्रवक्ता हुने व्यवस्था छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिनअघि मात्रै गण्डकी […]

महेन्द्र सिंह बाँके प्रहरीले आज मात्रै सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । सवारी ज्यान मुद्दामा एकबर्ष अघिदेखि फरार रहेका डुडुवा गाउँपालिका वडा नम्बर ५, का १९ बर्षिय अरुण यादवलाई आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए । यादवले चलाएको भे ९ […]

महेन्द्र सिंह बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित दुई जना कर्मचारीलाई रुपन्देहीबाट पक्राउ गरेकोछ । विशेष सुराकीको आधारमा बुटवल कार्यालयबाट खटि आएका अख्तियारका कर्मचारीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजार र बैंकमा जम्मा गरेको ५ लाख ५० हजारको बैंक […]

महेन्द्र सिंह बाँके उपमहानगरपालिका कार्यालयका चार जना, वडा कार्यालयमा खटिएका तीन जना र एकजना वडाध्यक्षमा कोरोना देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई सील गरिएको हो । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले धेरै जना कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई सील गरिएको जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकामा सेवाग्राहीको भीड हुने गर्दछ । उपमहानगरपालिकाले सेवा लिन आउनेको सेनिटाइजदेखि ज्वरो नाप्ने […]

मनाेज डाँगी सल्यानमा सुरक्षा तयारीका साथ खटिएका स्वयमसेवकहरु घाइतेहरुलाई ओसार्न र प्राथमिक उपचार गर्न व्यस्त देखिन्थ्ये । झट्ट हेर्दा शारदा नगरपालिका सिमखर्कमा ठुलै विपद आइपरेजस्तो देखिन्थ्यो । तर, त्यहाँ वास्तविक कुनै विपद नभई नेपाली सेना, नेपाल प्रहरीको आपतकालिन पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत विपद प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गराइएको थियो । पहिरोकोे कृत्रिम घटना बनाएर […]

error: Content is protected !!