०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

नवलपरासीमा ४राउन्ड हवाईफायरिङ शशस्त्र प्रहरी र स्थानीय बिच झडप १३जना घाईते

नन्दु यादव पश्चिम नवलपरासी जिल्ला काे प्रतापपपुर गाउपालिका वडा न ५बसहिया नाकामा अाज स्थानिय र प्रहरी बिच झडप भएकाे छ ।स्थानीय एक महिलालेे भारत बाट मल खाद्य ल्याउन खाेजेपछि शसस्त्र प्रहरी बल ले राेक्न खाेज्दा महिलाले नमानेपछि शसस्त्र प्रहरीका जवाानले महिलालाई पिटेका थिए। ुपिटाई खाएकि महिला घर अायर गाउबाट सयाैकाे सख्यामा स्थानीयलाई लिएर गएपछि स्थानीय […]

एबिसी संचार काठमाडौं नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ। प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पु¥याएको जनाइएको छ। निगमले बन्दाबन्दीको अवस्थामा दैनिकजसो चार्टर्ड उडान गर्दै आएको थियो। विपद्को अवस्थामा चार्टर्ड उडानको नाममा वायुसेवा कम्पनी तथा ट्राभल […]

एबिसी संचार काठमाडौं पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, पूर्वप्रधानमन्त्रीहर­ूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् । सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि केहीले भने त्यसरी खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता […]

एबिसी संचार कैलालीको धनगढी उपमहानगरपालिका १० जुगेडा कटानबाट शनिबार एपीएफ टोलीले ११ ग्राम सात सय मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ बर्षिय गौरब श्रेष्ठ, २३ बर्षिय राजेन्द्र भाट र १८ बर्षिय बलराम राना छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जुगेडाबाट खटिएको एपीएफ […]

एबिसी संचार दाङ जेठ २४ बिजौरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा भर्खरै सरुवा भएर आएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहबीच शनिवार लकडाउन तथा समग्र शान्ति सुरक्षाका विषयमा छलफल भएको छ । छलफलका क्रममा आम नागरिकको जनजीविकालाई सहज बनाउँदै लकडाउनलाई भने पुर्ण रुपमा कार्यान्वयन गरी कोरोनाको संक्रमणको जोखिम न्युनिकरणतर्फ हातेमालो गर्ने सहमति […]

एबिसी संचार काठमाडौं आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ।अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ। वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो। सामान्यतया […]

एबिसी संचार बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका ४२ थान साइकलसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो । […]

एबिसी संचार जनकपुरधाम ‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्याउँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो। लकडाउनमा जनकपुरबाट बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्स चालकले खानाको त कुरै छाडौं, पानी समेत किनेर खान नपाएको चालक […]

एबिसी संचार काठमाडौं सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ । मापदण्डमा हवाई सेवा […]

एबिसी संचार सुर्खेत कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिए । कोरोना रोग निको […]

error: Content is protected !!