(ए बि सि संचार ब्युरो )बाँके कोहलपुर विश्वभरि फैलिरहेको कोभिड १९ नामक काेराेना भाइरसको संक्रमण देशभर भेटिएलगतै नेपाल सरकारले देशलाई लक डाउन गरेको आज ५५ औ दिन भएको छ। अहिलेको अवस्थामा अाम नागरिकहरु घरभित्र छन् । तर तिनै नागरिकहरुलाई सुरक्षा प्रदान गर्नका लागि आफ्नो जिउ ज्यान र परिवार पनि नभनेर चर्को घाममा पनि अहोरात्र सडकमा […]
(सागर थापा) लकडाउन उल्लंघन गरेको भन्दै दाङमा नियन्त्रणमा लिईएका सबै सवारीका साधनलाई प्रहरी फिर्ता गरेको छ । लकडाउन सुरु भए सँगै प्रहरीका जिल्ला भर रहेका युनिटहरुले नियन्त्रणमा लिएका करिब एक हजार ८ सय सवारीका साधन सम्बन्धित गाडी धनीको जिम्मा लगाएको हो । लकडाउनको समयमा घर बाहिर समेत निस्कन पनि सवारीका सानहुने अबस्थामाधन लिएर सडकमा आएकाहरुका […]
एबिसी संचार दाङका तीनसहित नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङको गढवा गाँउपालिकाका वडा नम्बर ४ का २३ वर्षिय पुरुष५ का ३६ वर्षिय पुरुष र तुलसीपुर–७ का ३४ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी बिरंगजका ९ र १० वर्षका बालक, २३ र […]
(एबिसी संचार) जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण दिएर छाडिएको प्रहरीले जनाएको छ । रासस
सागर थापा/बिदुर एमसी देशमा जारी लकडाउन अन्य भागमा भन्दा प्युठानमा निकै कडाइसाथ लागू गरिएको छ दाङ्ग जिल्लाकाे देउखुरी भालुवाङ्गबाट प्रवेश गर्ने सिमाना ददेरी र बाङ्गेसालकाे दर्भानमा रहेको प्रहरी चौकीले नै दुई देशका वीचमा लगाइने जस्तै ब्यारेल तेर्साएर जिल्ला प्रवेशमा रोक लगाइएको छ । यद्यपि अत्यन्तै कम सङ्ख्यामा मात्रै दैनिक अत्यावश्यक खाद्यान्न बोकेका गाडी फाट्टफुट्ट एम्बुलेन्स […]
महेन्द्र सिंह नेपालगञ्ज भारतको क्वारेन्टाइनमा रहेको नेपालीलाई ल्याउन थालिएको छ । भारतको बहराइच, नानपारा आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपालगञ्जमा ल्याउन थालिएको हो । भारतमा रहेका नेपालीलाई यता ल्याउदा बाँकेका क्वारेन्टाइनमा रहेका डेढ सय बढी भारतीयलाई पठाउने तयारी भएको छ । भारतबाट पाँच सय हाराहारीमा आउने आकलन गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले […]
ओमप्रकाश गुप्ता सिसहनियाँ १ जेठ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले सिसहनियाँमा तरकारी बिक्री गर्ने स्थललाई व्यवस्थित गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस(कोभिड१९) को उच्च जोखिममा दाङ पनि रहेकाले जथाभावी तरकारी बिक्री गर्दा कोरोना सर्न सक्ने भन्दै बिहीबार देखि चेम्बरले सामाजिक दुरी कायम गराउन रेखाङकन गरेको चेम्बरका सचिव गोपाल खत्रीले जानकारी दिएका छन् […]
एबिसी संचार दाङ तुलसीपुर बुधबार राति दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित अस्वारा ओरालामो एउटा ‘प्रेस’ लेखेको रातो कार दुर्घटना भयो। दु’र्घटना पछि चालक सहित सबै यात्रु फ’रार रहे। सडकको लिक छोडेर केही पर पुगेको कारको अगाडि प्रेस लेखेर टाँसिएको थियो। घटनास्थल पुगेको प्रहरीले चिनजानका तुलसीपुर क्षेत्रका पत्रकारलाई धमाधम फोन गरेर सोधिखोजी थाल्यो। पत्रकारले […]
नेपाल भारत सिमा क्षेत्रबाट लुकीछिपी नागरिकहरु आवतजावत गरिरहेको खबर आइरहँदा दाङको नाका क्षेत्रबाट लकडाउनको समयमा कोही पनि नेपाल नभित्रिएको पाइएको छ । खुला सिमाना र जंगली क्षेत्र भएका कारण रातिको समयमा भारतबाट लुकिछिपी नेपाल भित्रिएको आशंका भइरहेको बेला सीमा क्षेत्रमा रहेका सुरक्षा निकायले दाङको नाका क्षेत्र पूर्णरुपले सुरक्षित रहेको बताएका हुन् । दाङका साना ठूला […]
काठमाडौँ नेपालमा कोरोनाको उपचारमा खटिएकी नर्समा पनि (कोभिड–१९) संक्रमण भएको खुलेको छ। वीरगञ्जस्थित कोरोना भाइरसको उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको हो। बुधबार साँझ पर्साका तीन जना संक्रमित भेटिएका मध्ये एक जना नर्स हुन्। अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत ३६ वर्षीया महिला ती नर्स पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिइन्। यसअघि कपिलवस्तु र भक्तपुरमा […]