अजय मिश्र, कपिलवस्तु, अषाढ २० भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेको छ नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।मोरङ जिल्लाका चार जना महिला रहेको , झापा जिल्लाको एक जना साथै पर्वत जिल्लाको एक जना महिला हरू गरि […]
एबिसी संचार म्लकाठमाडौं सरकारले लकडाउन खुकुलो बनाएको धेरै दिन भइसक्यो । ब्यापार ब्यवसाय सबै चलेका छन् । सरकारी कार्यालय पनि सञ्चालनमा छन् । वजारमा मानिसहरुको चहलपहल बढेको छ । तर सार्वजनिक यातायातका विषयमा सरकारले निर्णय लिन नसक्दा अरवौं लगानी डुब्ने अवस्थामा पुगेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित हुन थालेका छन् । उनीहरुले आफुहरुको समस्याका बारेमा सरकार […]
एबिसी संचार काठमाडौं विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ। नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट आज […]
एबिसी क्राईम ब्युरो काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका-१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा मानव रहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा […]
एबिसी क्राईम ब्युरो काठमाडौं सरकारले एआईजी शैलेश थापा क्षत्रीलाई प्रहरी महानिरीक्षक बनाउने तयारी गरेको छ । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । प्रहरीको २८ औं महानिरीक्षकको लागी एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाउन लागेको हो । आगामी साता वस्ने मन्त्रीपरीषदको वैठकले उनलाई प्रहरी […]
एबिसी संचार दाङ देउखुरी जिल्ला अदालतले लकडाउनको अबधिमा ६१ वटा मुद्धा फच्र्यौट गरेको जनाएको छ । अदालत प्रशासनले पत्रकारहरुसंग छलफल गर्दै करिब तीन महिनाको अबधिमा ६१ वटा मुद्धा फच्र्यौट गरेको जनाएको हो । अदालतले भिडियो कन्फ्रेन्स मार्फत् २९ र ३२ वटा मुद्धा अदालतमा सहभागी भएर फच्र्यौट गरेको अदालतका न्यायधीश रितेन्द्र थापाले जानकारी दिनुभएको छ । […]
एबिसी संचार काठमाडौँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर […]
एबिसी संचार काठमाडौं कोरोनाभाइरस माहामारीको कारण पेशाबाट निस्काशन गरिएका तथा पारिश्रमिकबाट बञ्चित श्रमजिवी पत्रकारको हितमा नेपाल पत्रकार महासंघले आज काठमाडौंको बबरमहलमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको बताउनुभयो । उहाँले कोरोनाका कारण देखाउदै मिडियाका […]
एबिसी संचार काठमाडौं राष्ट्रियसभाका सदस्यले कोभिड–१९ का कारण मुलुक तीन महिनादेखि बन्दाबन्दीको अवस्थामा रही जनजीवन प्रभावित हुँदै गएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई सेवा थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। बन्दाबन्दी खुकुलो भए पनि अझै यातायात सेवालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता उहाँहरुले औंल्याउनुभयो। विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उदया शर्मा पौडेलले कोरोना रोग नियन्त्रणमा […]
राहुल गुप्ता, बारा असार १९, २०७७! शुक्रबार नेपालमा प्रतिबन्धित औषधी पैठारी भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा मिति २०७७/०३/१९ गते बिहान अं.१०;१५ बजे प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१० निलकण्ठवा स्थित सडकमा जिल्ला बारा कलैया उपमहानरपालिका वडा नं.१२ बस्ने अमिरका साह गोढको छोरा वर्ष २६ को अमलेश कुमार गोढ […]